• २२ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 4 2024
  •   Unicode
Logo
Latest
★   रतुवा खोलाले जीप बगायो, दुई जनाको मृत्यु ★   ५४२ लोकसभा सिटको मतगणना ८ बजेदेखि ★   एमबाप्पे रियल मड्रिडमा अनुबन्धित ★   प्रतिनिधिसभा बैठकको आजका कार्यसूची के ? ★   विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने ★   दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हरायो, नासाउको ड्रप–इन पिच ब्याटिङका ​​लागि कठिन ★   ओली र बालेनको दिनभर वाकयुद्ध, साँझ परेपछि बालेनले भने– गुड नाइट केपी बा ! ★   टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको ‘नि:शुल्क प्रत्यक्ष प्रदर्शन’ गर्ने ★   टि -२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना

निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैनः उपेन्द्र यादव



विरगञ्ज । सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनु भएको छ । 

अध्यक्ष यादवले भने सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्टयाउनु भएको हो । सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौं, जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनाव लडने बताउनु भयो ।

अध्यक्ष यादवले मधेशी जनताको अधिकारको लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट संघर्ष गरिरहने बताउनुभयो । उहाँले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहो¥याउनु भयो । अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको पनि बताउनु भयो । अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उहाँको भनाई थियो ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।