२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

उड्डयन प्राधिकरणले लगायो प्रभु हेलिकप्टरका सबै उडानमा रोक



अ+ अ-

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरको उडानमा रोक लगाएको छ ।

माघ ५ गते स्याङजाको वालिङ खेल मैदानमा खेल जारी रहेको बेला अनुमतिविना नै हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।

प्राधिकरणले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको थियो । तर, हालसम्म प्रभुले कुनै जवाफ नदिएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको बताईएको छ ।

प्राधिकरणले हिजोमात्रै नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई एटीसीको नियम उल्लघंन गरेको भन्दै निलम्बन गर्न निर्देशन दिएको थियो ।