• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि

विमान दुर्घटनाः ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो



काठमाडौँ । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ ।

यती एयरलाइन्सले एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”, यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् ।

हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ । यस्तै, घटनास्थलबाट सङ्कलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अङ्गको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ ।

विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिनुहुन एयरलाइन्सले अनुरोध गरेको छ । रासस