• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

काँग्रेस संस्थापन इतर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन(भिडियोसहित)



काठमाडौँ । नेपाली काँग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भुमिकामाथि प्रश्न उठाइएको छ ।

आईतवार काठमाडौंमा बसेको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताउनु भयो । उहाँले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताउनु भयो । काँग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो की प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरु छैनन् भन्नेकुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ । फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? काँग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु की के पाउँछु भनेर हिँड्ने त्यही हो काँग्रेसको इतिहास ? त्यसका लागि काँग्रेस लडेको हो ? यी तमाम प्रश्नहरुको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौँ । कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन ।’

सांसद भण्डारीले बैठकमा काँग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पार्नुभयो ।