• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’



दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ ।

त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडिसमेत बढाएको छ ।

बैठकले यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर–६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । त्यो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ ।

“हामीले यसमा छानबिन गरिरहेका छौँ”, भण्डारीले भने, “अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार नै हामी अघि बढ्छौँ ।” उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताइन् । रासस