१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’



अ+ अ-

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ ।

त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडिसमेत बढाएको छ ।

बैठकले यसका लागि विपद् व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर–६ का वडाध्यक्ष वर्षात भण्डारीको नेतृत्वमा कार्यदल बनाएको छ । त्यो कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै ठेक्का प्रक्रिया अघि बढ्नेछ ।

“हामीले यसमा छानबिन गरिरहेका छौँ”, भण्डारीले भने, “अहिले जिम्मा दिने कुरा छैन, कार्यदलले प्रतिवेदन तयार पारेपछि त्यहीअनुसार नै हामी अघि बढ्छौँ ।” उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले पनि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताइन् । रासस