२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्समा साङ्गीतिक कार्यक्रम



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत शुक्बार यहाँ आयोजित साङ्गीतिक कार्यक्रमा सहभागी हुनुभयो ।

‘कुटुम्ब ब्याण्ड’ ले आफ्ना विविध प्रस्तुति गरेको सो समारोहमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहेको थियो ।

त्यसैगरी परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्वमन्त्री हिसिला यमी, सांसद, यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा संक्षिप्त मन्तय व्यक्त गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत सांस्कृतिक रुपमा समान रहेकाले ती देशका पारम्परिक एवं लोक संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो । रासस