५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकूल मौसमले हवाई उडान प्रभावित



file
अ+ अ-

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । अहिले मौसम विस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ ।

आज विहान भिजिबिलिटी कम हुँदा विहान नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसक्दा भारतको कोलकात्ता ‘डाइभर्र्ट’ भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।

त्यस्तै भारतको मुम्बइबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो । मौसम अनुकूल बन्दै गएकाले अहिले उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रासस