५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७३१ थान राहदानी सहित ३ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ७३१ थान राहदानी सहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार छ बजे काठमाडौँ २६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगर स्थित गुल्मी पल्लीकोट गेष्ट हाउसमा वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भई रहेको सूचना प्राप्‍त गरेपछि प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

होटलका कोठाहरुमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुका नाममा जारी भएका राहदानीसहित गुल्मीका ३८ वर्षीय मिन बहादुर सोमरे, सिन्धुलीका ४४ वर्षीय शेर नारायण श्रेष्ठ र कञ्चनपुरका ४४ वर्षीय लोकजन खड्कालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि श्री वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।




भर्खरै