११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय

आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय
अ अ+ अ-

धादिङ । पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान नपुग्ने भए पनि खाजा खान पाइने आशमा उक्त गाउँमा विद्यालय भने सञ्चालन भइरहेको छ ।

ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् ।

आमाले घर छाडेर हिँडेपछि बाबुले दोस्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रयमा बसिरहेकी शान्ति चेपाङ, सुशील चेपाङ र इशाख चेपाङ न्यानो लुगाको अपेक्षामा छन् । दिउँसो घाम लाग्छ जब रात पर्छ दिउँसो जम्मा गरिएको दाउरा बालेर रात कटाउनु उनीहरुको दिनचर्या भएको छ । उनीहरु मात्र होइन यस क्षेत्रका ४२ घर चेपाङ परिवारलाई न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने अवस्था छ ।

पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ चेपाङ विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताउनुभयो । विद्यालयमा खाजा दिन थालिएपछि विद्यार्थीहरु गाउँमा नबसी विद्यालयमै आउँछन् । आधा जति विद्यार्थी त बिहान खाना नखाई विद्यालय आउने र खाजाकै भरमा गुजारा गरिरहेको आफूले देखेको उहाँको भनाइ थियो छ ।

स्थानीय सरकारले गरिबी हटाउन काम गर्ने भनी भोट मागेर निर्वाचित भएको दोस्रो कार्यकाल भइसके पनि चेपाङ समुदायका लागि खास योजना ल्याउन नसकेको र ग्रामीण क्षेत्रमा परिवर्तन ल्याउन न नसकेको मासखर्कका कृष्ण चेपाङले बताउनुभयो । रासस