३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?
अ+ अ-

काठमाडौँ । फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल छन् भने उनको ‘को–स्टार’ उपासनासिंह ठकुरी छिन् । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गरेका छन् । यी दुईको जोडीलाई दर्शकले समेत रुचाएका छन् । अभिनेत्री ठकुरीले ‘डेब्यु’ फिल्मदेखि नै आफ्नो उमेर समूहको अभिनेतासँग नदेखिएको बताइन् ।

“डेब्यु फिल्म ड्रिम्समै अनमोल केसी मभन्दा पाँच वर्ष जेठो हुनुहुन्थ्यो । त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरेँ । मलाई उमेर अन्तरले असर गरेको छैन । उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु”, अभिनेत्री ठकुरीले भनिन्,

“अभिनेत्रीलाई आफ्नै उमेर समूहको को–स्टार पाउन सहज छैन । यद्यपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन ।”

अभिनेत्री ठकुरीझैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसकेकी छन् । उनी अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हास्यकलाकार जितु नेपाल छन् । अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै उनले विभिन्न प्रतिक्रिया पाएकी थिइन् । “हामीले पर्दामा भूमिका निर्वाह गर्छौं । त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छजस्तो लाग्दैन । यद्यपि सुहाउँदो भने हुनुपर्छ”, अभिनेत्री शाहले भनिन् ।