२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?



अ+ अ-

काठमाडौँ । फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल छन् भने उनको ‘को–स्टार’ उपासनासिंह ठकुरी छिन् । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गरेका छन् । यी दुईको जोडीलाई दर्शकले समेत रुचाएका छन् । अभिनेत्री ठकुरीले ‘डेब्यु’ फिल्मदेखि नै आफ्नो उमेर समूहको अभिनेतासँग नदेखिएको बताइन् ।

“डेब्यु फिल्म ड्रिम्समै अनमोल केसी मभन्दा पाँच वर्ष जेठो हुनुहुन्थ्यो । त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरेँ । मलाई उमेर अन्तरले असर गरेको छैन । उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु”, अभिनेत्री ठकुरीले भनिन्,

“अभिनेत्रीलाई आफ्नै उमेर समूहको को–स्टार पाउन सहज छैन । यद्यपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन ।”

अभिनेत्री ठकुरीझैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसकेकी छन् । उनी अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हास्यकलाकार जितु नेपाल छन् । अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै उनले विभिन्न प्रतिक्रिया पाएकी थिइन् । “हामीले पर्दामा भूमिका निर्वाह गर्छौं । त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छजस्तो लाग्दैन । यद्यपि सुहाउँदो भने हुनुपर्छ”, अभिनेत्री शाहले भनिन् ।