११ माघ २०८१, शुक्रबार
,
Latest
चिया बेचेरै मासिक ५० हजार आम्दानी एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न नेपाल प्रतिबद्ध: सभामुख देशभक्त छोरो मर्दा देशै रूँदो रैछ… अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो कञ्चनपुरमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटना: अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।”

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहनुभएको छ । साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइनेछ । रासस