१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ आइपुग्ने बताउनुभयो । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।

दुर्घटनामा बेपत्ता तीन जनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ । रासस