• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन ★   मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा ★   विराट कोहलीका लागि यो विश्वकप अहिलेसम्मकै ‘झुर’

जुम्ला जिप दुर्घटनाः एकको मृत्यु १५ जना घाइते



जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप सोमबार अपराह्न दुर्घटना हुँदा सो गाउँपालिका–१ का ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीले घाइतेको उद्धार गरेका हुन् । घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रतिष्ठानका निर्देशक राजीव शाहले जानकारी दिए ।

सडकबाट ५० मिटर तल तिला नदीमा जिप खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिपमा सवार चालकसहित १७ जना रहेको र जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीया निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० वर्षीय कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ र ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ । रासस