१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला जिप दुर्घटनाः एकको मृत्यु १५ जना घाइते



अ+ अ-

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप सोमबार अपराह्न दुर्घटना हुँदा सो गाउँपालिका–१ का ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीले घाइतेको उद्धार गरेका हुन् । घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रतिष्ठानका निर्देशक राजीव शाहले जानकारी दिए ।

सडकबाट ५० मिटर तल तिला नदीमा जिप खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिपमा सवार चालकसहित १७ जना रहेको र जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीया निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० वर्षीय कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ र ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६२ वर्षीया मिम्जाम लामा र ६७ वर्षीय कार्मा लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ । रासस