१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयबाट घर फर्कंदै गरेकी बालिका मृत फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

खोटाङ । विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।

त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिका दाहाल सोमबार बिहान आफ्नै घर नजिकै रहेको खन्यु (घाँसजन्य वनस्पति) को फेदमा मृत फेला परेकी हुन् ।

महेन्द्रोद्धय मावि हलेसीको कक्षा–१० मा अध्ययनरत बालिका माघ–३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे तीन बजेतिर घर फर्केकी थिइन् ।

बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन् । विद्यालयबाट घर फर्केकी छोरी बाटैमा मृत फेला परेपछि परिवार शोकमा परेको छ ।

घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । “ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको छ”, उनले भने, “प्रहरी प्रशासनले कसैको दबाबमा नपरी सत्यतथ्य छानबिन गर्नुपर्छ । घटनाको अवस्था हेर्दा हत्या गरेर झुण्ड्याइएको हुनसक्छ ।”

घटनाको वियषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए । बालिकाको शव परीक्षणपछि ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैँ झुण्डिएको’ भन्ने विषय अस्पतालको प्रतिवेदनमा खुल्ने प्रहरीले बताएको छ ।

बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । बालिकाको शङ्कास्पद शव भेटिएपछि विद्यालयको कार्यक्रमसमेत स्थगित गरिएको आयोजकले जनाएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको थियो । उनीहरू दुवैको हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेको छैन ।

हलेसी क्षेत्रमा यसअघि भएको दुवै महिला हत्याको घटना बलात्कारपछि हत्या भएको नगर प्रवक्तासमेत रहेका वडाध्यक्ष गिरीले बताएका छन् । प्रहरी प्रशासनले शृङ्खलाबद्ध महिला हत्यामा संलग्न दोषी पत्ता लगाउन असफल भएपछि जिल्लामा हुने हरेक कार्यक्रममा प्रहरी प्रशासनको चर्को आलोचना हुँदै आएको छ । रासस