११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

विमान दुर्घटना: एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

विमान दुर्घटना: एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन
फोटोः रासस
अ अ+ अ-

पर्वत । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो । बाबाको जन्मघर, गाउँ घुुम्न जान पाउँदा दुवै छोराकै खुसी देखिन्थ्ये ।

तर उनीहरुको खुसी विमानवाट झर्न नपाउँदै बिलय हुनपुग्यो । आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना शर्मा, उहाँको छोरा ४० वर्षीय युवराज शर्मा, नातिनी १३ वर्षीया आयुर्दी शर्मा र नाति चार वर्षीय बेवीन शर्माको निधन भएको छ ।

लामो समयदेखी गाउँ नआएका छोरा र नाति नातिनीसँग गाउँ फर्किंदा जमुना खुसी त हुनुहुन्थ्यो नै साथै उहाँले माइतीमा आफ्ना आमाबुवाको चौरासी पूजामा समेत जाने योजना बनाउनुभएको थियो । तर विमान दुर्घटनासँगै उहाँको सपना पनि अस्ताएको छ ।

जमुना आधा समय काठमाडौँ छोरासँग र आधा समय गाउँमा नै बस्ने गर्नुहुन्थ्यो । छोरा अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र ९इसिमोड०मा आइटी अधिृकतका रुपमा कार्यरत हुुनुहुन्थ्यो भने बुहारी सरु शर्मा त्रिभुवन विमानस्थलमा टावर कन्ट्रोलर अफिसरका रुपमा कार्यरत रहनुभएको उहाँका आफन्त विहादी गाउँपालिकाकी उपाध्यक्ष मिना तिवारीले जानकारी दिनुभयो ।

आफैँले टिकट काटेर श्रीमान्, छोरा, छोरी र सासूआमालाई घर पठाउनुभएकी सरुले आफूलाई सम्हाल्न नसकेर विक्षिप्त हुनुभएको छ । उहाँ यतिबेला अस्पतालमा भर्ना हुनुभएको छ ।

एकै परिवारका चार जनाको निधन भएपछि अहिले पूरै गाउँ शोकमा डुबेको छ । गाउँमा रहेका आफन्त शव पहिचान गरी अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन् । विमान दुर्घटनामा परी पर्वतमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शर्मा परिवारका चार जना, पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कका पत्रकार त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उहाँको छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा नं १ पाङ्की रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेल, मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेका विजय गुरुङ रहनुभएको छ ।