२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीडितको पक्षमा खम्बा भएर उभिन प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनु भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिनु भएको छ ।

पुष २८ गते भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताउनु भयो । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोक एको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वागर नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिनुभएको हो ।

प्रहरी संगठनमा हरेपछि आदेशको पालना त गर्नु पर्छ नै तर कानुन बमोजिमका आदेशको पालना गर्नपनि गृहमन्त्रीले निर्देशन दिनु भएको छ। अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण (CV) लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृट्ट्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नु भएको छ ।

प्रहरीसंगठन र आफु मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव (Good Faith) राखेर काम गर्न पनि उहाँको निर्देशन थियो । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधकारीहरुलाई उहाँले सधै पीडितको पक्षमा खम्बा भएर उभ्भीनपनि आग्रह गर्नु भएको छ । कसैको प्रभाव वा दवाबमा नपरी नागरिको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहनपनि मन्त्री लामिछानेले निर्देशन दिनु भएको छ।

संगठनमा क्षमता भएकाहरुलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दवावमा प्राभावित हुन नदिने अडानमा आफुरहेको भन्दै उहाँले यति सुधार गर्न नसके आफु गृहमन्त्री भएको औचित्य नरहने समेत प्रष्ट पार्नु भयो । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा नयाँ जिम्मेवारी पाउनु भएका डिआइजीहरुको क्षमता मूल्याङकन गरेर संगठनले गरेको विश्वास डगमगाउन नदिन पनि गृह मन्त्री लामिछानेले निर्देशन दिनु भएको छ । रासस




भर्खरै