११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

बागलुङको ऐतिहासिक जैमिनी मेला

बागलुङको ऐतिहासिक जैमिनी मेला
अ अ+ अ-

बलेवा । परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ ।

जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास गरिएको हो ।

जैमिनी ऋषिले तपस्या गरेर ज्ञानआर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठूलो व्यापार मेलाका रुपमा यो मेला सञ्चालन हुने गरेको थियो । कालीगण्डकी किनारमा रहेको जैमिनी ऋषिले तपस्या गरेको ठानिने कुटी वरपर मेला लाग्दै आएको थियो । सोही मेलालाई विसं २०४९ देखि कुश्मीशेरा बजारमा सारिएको हो ।

जैमिनी घाटसमेत नामले परिचित सो स्थानमा मकर नुहाउन जानेको ठूलो भीड हुने गर्दथ्यो । यहाँ तीन माघ नुहाउनेअर्थात् माघ १ गतेदेखि तीन दिनसम्म नुहाउने र मेला भर्नेको भीड हुने गर्दथ्यो । त्यसलाई पहिले व्यापार मेलाका रुपमा विकसित गरी यहाँका स्थानीय उत्पादनको बिक्रीका साथै स्थानीय प्रतिभाको पहिचानका लागि प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरिएको थियो ।

यता कुश्मीसेरामा सारेपछि भने सहारा क्लब कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको समन्वय तथा सहयोगमा मेला गर्न थालिएको हो । यो मेला माघे सङ्क्रान्तिको अवसर पारेर पुस २९ गतेदेखि सुरु हुने गर्दछ र विभिन्न खेलकुद प्रतियोगितासहित सुरु हुने गर्दछ । सो मेलाको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य लिलबहादुर थापाले उद्घाटन गर्नुभयो ।

मेलाको उद्घाटन गर्दै थापाले बागलुङ दक्षिण क्षेत्रको प्रमुख व्यापार मेलाको रुपमा रहेको मेलालाई युवाले खेलकुद र संस्कृतिसँग जोडेर स्थानीय प्रतिभालाई पनि अवसर दिएकामा खुसी व्यक्त गर्नुभयो । जिल्लाको दक्षिण क्षेत्र भौगोलिक हिसाबले सदरमुकाम र प्रदेश सदरमुकामबाट नजिक रहेर पनि पूर्वाधार निर्माणका हिसाबले दुर्गम रहेको सो क्षेत्रको विकासका लागि मेलामा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वले चासो व्यक्त गरेका थिए ।

जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरुका बीचमा एकमत हुनुपर्नेमा पनि उनीहरुको जोड थियो । सो क्षेत्रको विकासका लागि सभासद थापाले पनि कुनै पूर्वाग्रह नराखी गण्डकी प्रदेशसभाका सदस्यले एकताबद्ध भएर पहल थाल्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बागलुङको विकासका लागि केही पूर्वाधार निर्माणको काम थालनी भइसकेको भन्दै वर्तमान जनप्रतिनिधिलाई निर्माणाधीन कामलाई पूर्णता दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुसारनै आफूले काम थालेको बताउनुभयो । उहाँले पूर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानवीय, आर्थिक र सामाजिक विकासलाई सँगै लैजानुपर्नेमा जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका उपप्रमुल हरिहर शर्माले जिल्ला सदरमुकामदेखि पालिका मुकाम जोड्ने सडकनै तत्काल बनाउनै पर्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले नगरले बनाएका योजनामा सहयोग गर्न सङ्घ र प्रदेशसरकारलाई आग्रह गर्नुभयो ।

मेलामा पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, जैमिनी डान्स आइडल, कृषि मेला प्रदर्शनी, शैक्षिक प्रदर्शनीलगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सहारा क्लबका अध्यक्ष सुरेश सुनारले बताउनुभयो । मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ । रासस