१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः आज राष्ट्रिय शोक, सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । चालक दलका सदस्यसहित ७२ यात्रु लिएर काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख प्रकट गर्दै सरकारले शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

यती एयरलाइन्सको जहाज आइतबार सेतीखोँचमा दुर्घटना हुँदा ६६ जनाले ज्यान गुमाएका छन् भने ६ यात्रु अझै बेपत्ता छन् ।

दुर्घटनापछि आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज सोमबारलाई राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू आज विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएको छ ।