१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन



अ+ अ-

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ । बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ । सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा रहनुभएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनु भयो । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहनुभएको छ ।

काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान आज पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो ।

चालक दलका चार सदस्यसहित ७२ सवार यती एयरलाइन्सको जहाज आज बिहान ११ बजेर १० मिनेटमा पोखराको सेती नदीस्थित खोँचमा दुर्घटना भएको थियो ।