८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

माघी पर्वले सहिष्णुता कायम राख्न सहयोग पुग्नेछः अध्यक्ष तिमिल्सिना

माघी पर्वले सहिष्णुता कायम राख्न सहयोग पुग्नेछः अध्यक्ष तिमिल्सिना
file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विभिन्न धार्मिक, पौराणिक तथा सांस्कृतिक महत्त्व बोकेको माघे सङ्क्रान्तिजस्ता चाडपर्वले आपसी सद्भाव तथा भ्रातृत्व स्थापित गरेको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिरमाघी पर्व २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको विश्वास व्यक्त गर्नुभएको छ । तसर्थ यस्ता किसिमका मौलिक चाडपर्व र संस्कृतिको जगेर्ना, संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गरी सामाजिक सद्भाव र एकताको सन्देश दिन सक्नुपर्ने उहाँको भनाइ छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता र विशेषताले भरिएको अनुपम देश मानिने नेपाल विश्व समुदायमा आफ्नै मौलिक परम्परा र संस्कृतिको खानीका रूपमा परिचित रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विविधतामा एकता हाम्रो साझा पहिचानको रूपमा रहेको बताउनुभएको छ । “थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउँदै आएको माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति, किराँत येले संवत्को नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

आजको दिन तिलको लड्डु, घ्यू, चाकु बनाएर खाने, मकर स्नान, दान, पूजाअर्चना, शुभकामना आदान–प्रदान गरेर मनाउने गरिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने पर्वलाई पनि विभिन्न भूगोल र समुदायमा भिन्न–भिन्न ढङ्गले मनाउने प्रचलनसमेत रहेको छ । यस पर्वलाई विशेषगरी मगर समुदायले माघे सङ्क्रान्ति, थारू समुदायले माघी पर्व, नेवार समुदायमा घ्य चाकु सँल्हु नामले तथा अन्य समुदायले मकर सङ्क्रान्तिका रूपमा मनाउँदै आइरहेको पाइन्छ ।

अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी ध्रुवको अवस्थितिका आधारमा यसको गणना र मापन गरिन्छ । यो समयमा सूर्य उत्तरी गोलार्धतर्फ सर्दै जाने एवं धनुबाट मकर राशिमा प्रवेश गर्ने विश्वास गरिन्छ । यसैगरी प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्को नयाँ वर्षका रूपमा पनि मनाइन्छ । “माघी, मकर सङ्क्रान्ति, माघे सङ्क्रान्ति र किराँत संवत्को नयाँ वर्षले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउँदै आपसी एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्न सहयोग पुग्नेछ विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु”, अध्यक्ष तिमिल्सिनाले भन्नुभएको छ । रासस