• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

उपमहासचिव पुन अस्पताल भर्ना



file

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिनपहिले रोल्पा पुगेका थिए ।

रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौँ ल्याइएको हो । रासस