२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपयोगी बन्न सकेनन् पर्वतका शीत भण्डार



अ+ अ-

पर्वत । पर्वतका विभिन्न ठाउँमा निर्माण गरिएका शीत भण्डार कृषकका लागि उपयोगी बन्न सकेका छैनन् । राज्यको विभिन्न तहबाट लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका शीत भण्डार हाल प्रयोगबिहीन अवस्थामा छन् ।

भौतिक संरचना निर्माण गर्न जति हतार, उत्साह र हानथाप हुने गर्दछ, सोहीअनुसार बनिसकेपछि तिनको व्यवस्थापकीय पक्षमा ध्यान दिन नसक्दा शीत भण्डार प्रयोगमा समस्या आएको हो । “ शीत भण्डार सञ्चालनमा यथोचित ध्यान नदिँदा अपेक्षित लाभ लिन सकिएको छैन”, कृषि ज्ञानकेन्द्रका प्रमुख मनिता थापाले भनिन्, “राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्का जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायत पक्षमा ध्यान दिनुपर्छ ।”

शीत भण्डार निर्माण गरे पनि कृषकले ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएकोे छ । “कृषिउपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्नेबारे ज्ञान कृषकमा नदेखिएको हुँदा उत्पादन भण्डारण गर्न समस्या भएको छ”, थापाले भनिन् ।

कृषि ज्ञानकेन्द्रका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा शीत भण्डार छन् । जिल्लामा हाल शीत भण्डारको क्षमता करिब ६४.५ मेट्रिकटनको रहेको छ । तीमध्ये १० टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका शीत भण्डारमा आलु भण्डारण गरिँदै आएको छ । बाँसखर्कस्थित शीत भण्डार र कुर्घाका दुर्ई शीत भण्डारमा सिजनअनुसार सुन्तला र आलु भण्डारण गर्ने गरिएको छ ।

पाँच वर्षअघि कुश्मा (बाह्रबिसे)मा निर्माण गरिएको शीत भण्डारमा आलु भण्डारण सफलरुपमा हुँदै आएको छ । त्यहाँको शीत भण्डारमा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए । पछिल्लो समय आलु भण्डारण सफल भएको सञ्चालक राजबाबु पिसीले बताए ।

पैयुँ–४ हातेमालो चोकमा निर्माण गरिएको शीत भण्डार हालसम्म सञ्चालनमा आउन सकेको छैन । यहाँको शीत भण्डार निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैँयु गाउँपालिकाको रु ११ लाख लगानी रहेको छ ।

विद्युत् जडानको समस्याले हालसम्म शीत भण्डार सञ्चालनमा आउन नसकेको पैँयु कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले बताए । मोदी गाउँपालिकाको पातिचौरमा शीत भण्डार निर्माणाधीन अवस्थामा छ । रासस




भर्खरै