१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कम पीडादायी छैन फोहर उठाउनेको व्यथा

कम पीडादायी छैन फोहर उठाउनेको व्यथा
अ अ+ अ-

भक्तपुर । दोलखा घर भई कमलविनायक बस्दै आउनुभएका ३१ वर्षीय भीमकुमार थामी पुसको जाडोको पर्वाह नगरी बिहान ६ बजे फोहर सङ्कलन गर्न पुगिसक्नुहुन्छ । तीन वर्षदेखि बिहान ६ बजे मध्यपुरथिमि–५ राधेराधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर गरेपछि ट्र्याक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने उहाँको दैनिकी नै हो ।

उहाँ मात्रै होइन, भक्तपुरमा फोहर सङ्कलनको मुख्य जिम्मेवारी निर्वाह गर्दै आएको निजी कम्पनी नेप्सेम्याकको भक्तपुर राधेरोध थिमिस्थित शाखा कार्यालयमा फोहर सङ्कलनमा खटिने ६९ जनाको दैनिकी यसैगरी बित्ने गर्छ । फोहर सङ्कलनमा निस्कदा सभ्य समाजको सभ्य मानिसको असभ्य व्यवहारले भने उनीहरुको मन निकै चिमोट्ने गर्दछ ।

थामी भन्नुहुन्छ, “बिहान उठेर कोठामा चिया खाएर खानाको पोको बोकेर अफिस आउँछौँ, खाना त्यहीँ राखेर आफ्नो क्षेत्रमा फोहर सङ्कलन गर्न निस्कन्छौँ । टोल बस्तीमा सिठ्ठी फुक्दै जान्छाँै, घरघरका फोहरहरु घर बाहिर निकाल्छन्, अनि हामी टिपेर ट्र्याक्टर, ट्रकमा हालेर ल्याउँछौँ, यो हाम्रो दैनिकी नै हो ।”

फोहर सङ्कलनमा बिहान भोकै निस्कने मजदूरहरु फोहर व्यवस्थापन नगरेसम्म भोकै नै हुन्छन् । थामीका अनुसार फोहर लिएर कार्यालयमा आएपछि बल्ल हातमुख धोएर घरबाट ल्याएको खाना खाने गरिन्छ । कहिले त सवारी चाप हुँदा फोहर लिएर आइपुग्दै दिउँसो १ बज्छ, त्यतिखेरसम्म भोकै बस्नुपर्छ । यस्तो दुःख गरेर फोहर उठाउने गरे पनि फोहर थुपार्ने त्यहीँ समाजका मानिसले गर्ने व्यवहार देखेर भने कहिलेकाहीँ निकै दिक्क लाग्ने गरेको सुनाुउनुहुन्छ ।

पाँच वर्षदेखि फोहर सङ्कलन गर्दै आउनु भएका भोजपुर घर भई निकोसेरा बस्ने तिलकबहादुर रम्तेल फोहर सङ्कलन गर्दा होस् वा फोहर बोकेर फर्कने क्रममा होस् सभ्य र शिक्षित भनिने मानिसहरुबाट असभ्य व्यवहार हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फोहर बोकेर फर्केको गाडीलाई अरु निजी गाडीले बाटो दिँदैनन्, हेप्छन् । फोहरमा काम गर्ने मानिस त मानिस नै हैन जस्तो गर्छन्, कतिले त मुखै छाडेर गाली गर्छन् । हामी सहेर काम गर्छौं, उनीहरुसँग केही बोल्दैनौ ।” मानिसले मानिसलाई गर्ने व्यबहार किन यति फरक हुन्छ, उनको मनमा उब्जने यस्ता प्रश्नले कहिलेकाहीँ निकै चिमोट्छ उहाँलाई ।

दश वर्षदेखि फोहर सङ्कलनकै काम गर्दै आउनुभएका इलाम घर भई कटुञ्जे बस्ने ३९ वर्षीय जीवन राईको गुनासो पनि उस्तै छ । फोहरमैलामा काम गर्नेहरु पनि फोहोरी हुन् भन्ने सभ्य मानिसको सोचाइ कति निकृष्ट होला, उहाँ देखेसो पोख्नुहुन्छ । कतिपय सभ्य मानिसले आफूहरुप्रति गर्ने असभ्य व्यवहारले दिक्क लाग्ने गरे पनि कामप्रति वितृष्णा भने नरहेको उहाँ बताउनुहुन्छ । कतिपय मानिसले फोहर सङ्कलन गर्न जाँदा खाउँला झै गरेर असभ्य शब्दले मुखै छाडेर गाली गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईंलाई फोहर सङ्कलनमा जाँदा अलि ढिला भयो भने स्थानीयको गाली सुन्नु पर्दा दिक्क लाग्ने गर्दछ । बिहान ६ बजे आ–आफ्नो तोकिएको क्षेत्रमा फोहर सङ्कलनका लागि जाने गर्छन्, कतिपय ठाउँको फोहर धेरै हुँदा दोह¥याएर पनि जानु पर्ने हुन्छ । कहिलेकाहीँ बञ्चरेडाँडाको समस्याले फोहर नउठाउँदा त्यो सबै आक्रोस फोहर सङ्कलन गर्न जाने माथि खन्याउने र गाली गर्नेहरु धेरै हुने गरेको सुनाउँदै उहाँ भन्नुहुन्छ, “फोहर उठाउने मानिस त मानिस नै होइनन्, यी तल्लोस्तरकै हुन् भन्ने व्यवहार गर्दा कहिलेकाहीँ यो मन साह्रै दुख्छ ।”

ओखलढुङ्गा घर भई नेप्सेम्याकको कार्यालयमै बस्दै आउनुभएका ठगबहादुर दर्जी मानिसले फोहर पनि सभ्य तरिकाले नराख्ने गरेको सुनाउनुहुन्छ । कतिपय फोहरअगाडि फालीदिने, छरेर राखिदिने, कुहिने र नकुहिने फोहर नछुट्याउने, फलाम, सिसासमेत एकै ठाउँमा राखिदिने गर्दा जोखिम हुने गरेको उहाँको भनाइ छ । “मानिसले घर अगाडि जथाभावी फोहर राखिदिँदा कतिपय ठाउँमा कुकुरले छरेको फोहरसमेत टिप्नु पर्नेहुन्छ”, उहाँ भन्नुहुन्छ ।

नेप्सेम्याकले फोहर सङ्कलन गर्नेलाई बिरामी, साप्ताहिक, सुत्केरी, किरिया बिदाका साथै सामाजिक सुरक्षा कोषमा समेत आबद्धता गराएको छ । फोहर सङ्कलनमा जाँदा बिरामी भए उपचार गरिदिने, बुठ, पञ्जा, मास्कको व्यवस्था गरेको कामदारहरु बताउँछन् । संस्थाका शाखा प्रबन्धक बाबुराम चौलागाई बेलाबेलामा आउने फोहर फाल्ने ठाउँको समस्याले निजी कम्पनीलाई समेत मार परेको बताउनुहुन्छ । फोहर फाल्ने ठाउँ बन्द हुदा फोहर सङ्कलन गर्न जान नसकिने तर सेवाग्राहीले भने पैसा दिएपछि जस्तो अवस्थामा पनि फोहर सङ्कलन हुनुपर्छ भनेर व्यवहार गर्दा भने समस्या हुने उहाँ बताउनुहुन्छ ।

कुहिने र नकुहिने फोहर छुट्याएर राखिदिए सङ्कटका बेलामा पनि कुहिने फोहर सङ्कलन गरेर लैजान सकिने र नकुहिने फोहर दुई महिनासम्म घरमै राख्न सकिने भएकाले यसका लागि पहल गरिरहेको उहाँ बताउनु हुन्छ । धेरै ठाउँमा सूचना जारी गरेर दुई महिनादेखि कुहिने र नकुहिने फोहर फरक दिनमा छुट्टाछुट्टै लैजाने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित पालिकाले नै फोहर विसर्जन गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई कारबाही गर्ने र सफा टोल बस्तीलाई नमुना बनाउने विभिन्न कार्यक्रमहरु ल्याउनसके फोहर व्यवस्थापनमा सहज हुने उहाँको भनाइ छ । कुहिने फोहरलाई घरमै कम्पोष्ट मल बनाएर खेतीबारी, कौशीखेती, फूलको गमलामा प्रयोग गर्ने गरी स्थानीयलाई तालिम र प्रोत्साहनको कार्यक्रम ल्याउन पालिकासँग समन्वय गरिरहेको उहाँ बताउनुहुन्छ ।

सूर्यविनायकको मनोरम प्रगति बस्तीका एक हजार घरले कुहिने र नकुहिने फोहर छुट्याएर नमूनाको काम गरेकाले त्यहाँका प्रत्येक घरलाई वार्षिक पाँच किलो कम्पोष्ट मल निःशुल्क दिने गरेको र त्यही नमूनालाई अन्यत्र लैजाने प्रयास भइरहेको छ । संस्थाले भक्तपुरका ग्रामीण क्षेत्रका कुहिने फोहरलाई घरघरमा र स्थानीयस्तरमा कम्पोष्ट मल बनाएर व्यवस्थापन गर्ने गरी तालिम तथा अनुदानका लागि कार्यक्रम अगाडि सारेको छ ।

नेप्सेम्याकका कार्यक्रम संयोजक गोविन्दप्रसाद आचार्यले आफ्नो कम्पनीमा मात्रै फोहर सङ्कलनमा ६९ जना, सडक सफाइ गर्ने चार महिला र अन्य कर्मचारी १०० भन्दाबढी जनशक्ति भक्तपुरमा परिचालन गरिएको बताउनुभयो । नेप्सेम्याकले सूर्यविनायक नगरपालिकामा आठ हजार ६९, चाँगुनारायण नगरपालिकामा दुई हजार नौ सय ६९, मध्यपुरथिमि नगरपालिकामा तीन हजार नौ सय २४, भक्तपुर नगरपालिकामा ४१ गरी भक्तपुर जिल्लामा मात्रै १५ हजार दुई घरबाट फोहर सङ्कलन गर्ने गरेको छ ।

नेप्सेम्याकले दैनिक सूर्यविनायक नपाबाट ३०, चाँगुनारायण नपाबाट २० र मध्यपुरथिमि नपाबाट २५ टन फोहर सङ्कलन गर्दै आएको र फोहर सङ्कलन गर्ने अन्य संस्थाहरुले करिब ७० टन गरि दैनिक एक सय ५० टन फोहर भक्तपुरबाट सङ्कलन गर्दै आएको संयोजक आचार्यले जानकारी दिनुभयो । संस्थाले १५ सय घरबाट छुटिएका कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने गरेको र मासिक आठ टन मल उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।

नेप्सेम्याकले फोहर सङ्कलनका लागि प्रतिघरबाट सङ्ख्याका आधारमा मासिक रु दुई सय ५० देखि चार सय ५० सम्म शुल्क लिने गरेको र कर्मचारीलाई कम्तीमा मासिक रु २१ हजारका दरले तलब र आठ घण्टाभन्दा बढी समय काम गरेमा थप रकम दिने गरेको छ ।

भक्तपुरमा निजी कम्पनीका फोहर सङ्कलन गर्ने संस्थाहरु फूलबारीले सूर्यविनायक नपा र मध्यपुरथिमि नपाबाट ८ हजार ५००, स्वच्छ वातावरण सिर्जना केन्द्रले तीनवटै नपाबाट पाँच हजार ५००, विन्दवासिनी स्यानेटेरी प्रालिले एक हजार १००, सिर्जनशील सेवा प्रालिले मध्यपुरथिमिबाट ५०० र दिव्यश्वरी सहयोगी हातले मध्यपुरबाट दुई हजार घरबाट फोहर सङ्कलन गर्दै आएको छ । जिल्लामा निजी कम्पनी र नगरपालिकाहरुको फोहर सङ्कलक, कुचीकार र अन्य गरी करिब ८०० मजदूरले प्रत्यक्षरुपमा रोजगारी पाइरहेको निजी कम्पनीहरु बताउँछन् ।

मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले मध्यपुरथिमिको फोहर नेप्सेम्याकलगायतका संस्थाले सङ्कलन गर्दै आएको र केही ठाउँमा नगरपालिका आफैँले पनि सङ्कलन गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार नगरपालिकाले भने चार पुरुष र १४ महिला गरी १८ जना सफाइ मजदूर र दुई जना फोहर सङ्कलकलाई परिचालन गरेको छ ।

सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले भने निजी क्षेत्रलाई फोहर व्यबस्थापनको जिम्मेवारी दिएको छ । सूर्यविनायक नपाका प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिका आफैँले फोहर व्यवस्थापन गर्नेबारेमा पनि छलफल भइरहेको जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका पनि फोहर व्यवस्थापनमा निजी कम्पनीकै भर परेको छ । त्यसैले सूर्यविनायक र चाँगुनारायणले सफाइ मजदूरको व्यवस्था गरेको छैन । चाँगुनारायण नगरपालिकाले पनि शहरी क्षेत्रमा निजी कम्पनीलाई नै फोहर व्यवस्थापनको जिम्मा दिएको छ ।

भक्तपुर नगरपालिकाले भने कुचिकार र सफाइ मजदूरलाई कर्मचारीकैरुपमा राखेर हरेक दिन बिहान सफाइ गर्ने, टोलटोलबाट कुहिने र नकहिने फोहर फरक दिनमा सङ्कलन गर्ने गर्दै आएको छ । सङ्कलन भएका फोहर व्यवस्थापन गर्दै आएको नगरपालिकाका प्रवक्ता रविन्द्र ज्याख्वाले जानकारी दिनुभयो । त्यसो त नगरपालिकाले जापानी प्रविधिको कम्पोष्ट मल उत्पादनको काम पनि सुरु गरेको छ । कतिपय कुहिने फोहरहरु सङ्कलन गरेर नगरपालिकाले जगातीस्थित कम्पोष्ट मल उत्पादन गर्ने क्षेत्रमा लगेर मल उत्पादन गर्ने कार्य नमुनाकारुपमा भइरहेको र यसलाई विस्तार गरेर फोहरबाट मोहर कमाउने योजनामा रहेको नगरपालिकाले बताएको छ । रासस