२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा नेपालको चर्चा तर नेपाल समूहमा मन्त्रीको



अ+ अ-

काठमाडौ । आन्तरिक कलहले औपचारिक बिभाजन हुन लागेको नेकपा एमालेलाई पुन एकताबद्ध गर्न भन्दै क्रियाशिल रहेको कार्यदललाई भंग गर्ने अध्यक्ष केपी ओलीको निर्णयलाई अर्का नेता माधबकुमार नेपालले पनि सकारात्मक लिनुभएको छ । 

शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तयार पारेको १० बुँदे  प्रस्तावलाई  अनुमोदन गर्दे कार्यदललाई भंग गर्ने निर्र्णय गरेको थियो । स्थायी समितिको बैठक सुरु हुदै गर्दा कार्यदलका रहेका नेपाल पक्षका नेताहरु बैठक रोकेर सम्बादलाई अघि बढाउन आग्रह गर्दे ओली समक्ष पुगेका थिए । 

अध्यक्ष ओलीले कार्यदलले तयार गरेको प्रस्ताबलाई अनुमोलन गर्दै एजेण्डा अनुसार नै बैठक अघि बढ्ने जनाएपछि उहाँहरु बाहिरिनु भएको थियो । कार्यदल भंग गर्ने ओलीको निर्णयपछि कोटेश्वरस्थित निवासमा नेता नेपालले आफूहरु निकट केही नेताहरु कार्यदलको काम नभएको बताउनुभएको थियो । 

नेपाल निकट एक नेताकाअनुसार नेता नेपालले भन्नुभयो "आफुहरुलाई दोश्रो तहको भन्दै आफुखुसी छलफल गर्न जानेहरु लाई ठिक्क परेको छ, अब छलफलको औचित्य छैन वार्ताका नाममा अलमल्याएर उनीहरुलाई ओलीतिर जान मन छ भने गए हुन्छ ।" 

पछिल्लो केही समयदेखि नेता नेपालले कार्यदलमा रहेका सदस्यहर भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्यमाथि अविश्वास गर्दै आउनु भएको छ । ती नेताकाअनुसार उहाँले कार्यदलमा रहेका घनश्याम भुसाल र रघुजी पन्त बाहेक अन्यको विश्वास गर्नुभएको छैन । 

उहाँको बुझाइमा यी चार नेताहरु अन्तिम अवस्थामा नेकपा एमालेतिरै बस्न सक्छन् । जसका कारण बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको पाँच दलीय बैठक पनि आफू उपस्थित हुन नसकेपछि डा बिजय पौडेललाई प्रतिनिधिका रुपमा पठाउनु भएको  थियो । 

पौडेल नेता नेपालको कोर समूहमा बसेर काम गर्दे आउनुभएको छ । नेपाल निकट ती नेताका अनुसार बामदेब गौतम पनि अन्तिम नेपालरि नै आउने र कम्तीमा ४० जना सांसद आउन सक्ने छन् । 

औपचारिक रुपमा कार्यदल नरहे पनि कार्यदलमा रहेका सदस्यहरु शनिबार पनि छलफलमा जुटेका थिए । नीतिमा कुनै समस्या नभएको ओली र नेपालको नियतमा नै समस्या रहेका कारण कार्यदलले छलफल गर्नुको खासै अर्थ छैन । 

ती नेताका अनुसार बरु केही समय अलग अलग पार्टीको अभ्यास गरेपछि एक दुई वर्षका पुन पार्टी एकता होता तर तत्काल एकताको सम्भावना छैन । उनका अनुसार नयाँ पार्टीका रुपमा नेपाल समूहले शेरबहादुर देउवालाई विश्वासको मत दिएर सरकारमा सहभागी हुन्छ । 

उनका अनुसार त्यो सरकारमा नेपाल समूहको नेतृत्व बामदेब गौतमले गरे भनेपनि अनौठो नमाने हुन्छ । नयाँ पार्टी गठनपछि नेपाल समूह आठओटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने पनि ती नेताले जानकारी दिए । 

सो समूहबाट मन्त्रीका हालसम्म मन्त्री नभएकाहरु लाई पठाउने बारे छलफल भएको छ । जसमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणी चौधरी, झपट रावललगायतको नाममा छलफल भएको छ ।