२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

एमालेमा नेपालको चर्चा तर नेपाल समूहमा मन्त्रीको

एमालेमा नेपालको चर्चा तर नेपाल समूहमा मन्त्रीको
अ अ+ अ-

काठमाडौ । आन्तरिक कलहले औपचारिक बिभाजन हुन लागेको नेकपा एमालेलाई पुन एकताबद्ध गर्न भन्दै क्रियाशिल रहेको कार्यदललाई भंग गर्ने अध्यक्ष केपी ओलीको निर्णयलाई अर्का नेता माधबकुमार नेपालले पनि सकारात्मक लिनुभएको छ । 

शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तयार पारेको १० बुँदे  प्रस्तावलाई  अनुमोदन गर्दे कार्यदललाई भंग गर्ने निर्र्णय गरेको थियो । स्थायी समितिको बैठक सुरु हुदै गर्दा कार्यदलका रहेका नेपाल पक्षका नेताहरु बैठक रोकेर सम्बादलाई अघि बढाउन आग्रह गर्दे ओली समक्ष पुगेका थिए । 

अध्यक्ष ओलीले कार्यदलले तयार गरेको प्रस्ताबलाई अनुमोलन गर्दै एजेण्डा अनुसार नै बैठक अघि बढ्ने जनाएपछि उहाँहरु बाहिरिनु भएको थियो । कार्यदल भंग गर्ने ओलीको निर्णयपछि कोटेश्वरस्थित निवासमा नेता नेपालले आफूहरु निकट केही नेताहरु कार्यदलको काम नभएको बताउनुभएको थियो । 

नेपाल निकट एक नेताकाअनुसार नेता नेपालले भन्नुभयो "आफुहरुलाई दोश्रो तहको भन्दै आफुखुसी छलफल गर्न जानेहरु लाई ठिक्क परेको छ, अब छलफलको औचित्य छैन वार्ताका नाममा अलमल्याएर उनीहरुलाई ओलीतिर जान मन छ भने गए हुन्छ ।" 

पछिल्लो केही समयदेखि नेता नेपालले कार्यदलमा रहेका सदस्यहर भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्यमाथि अविश्वास गर्दै आउनु भएको छ । ती नेताकाअनुसार उहाँले कार्यदलमा रहेका घनश्याम भुसाल र रघुजी पन्त बाहेक अन्यको विश्वास गर्नुभएको छैन । 

उहाँको बुझाइमा यी चार नेताहरु अन्तिम अवस्थामा नेकपा एमालेतिरै बस्न सक्छन् । जसका कारण बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको पाँच दलीय बैठक पनि आफू उपस्थित हुन नसकेपछि डा बिजय पौडेललाई प्रतिनिधिका रुपमा पठाउनु भएको  थियो । 

पौडेल नेता नेपालको कोर समूहमा बसेर काम गर्दे आउनुभएको छ । नेपाल निकट ती नेताका अनुसार बामदेब गौतम पनि अन्तिम नेपालरि नै आउने र कम्तीमा ४० जना सांसद आउन सक्ने छन् । 

औपचारिक रुपमा कार्यदल नरहे पनि कार्यदलमा रहेका सदस्यहरु शनिबार पनि छलफलमा जुटेका थिए । नीतिमा कुनै समस्या नभएको ओली र नेपालको नियतमा नै समस्या रहेका कारण कार्यदलले छलफल गर्नुको खासै अर्थ छैन । 

ती नेताका अनुसार बरु केही समय अलग अलग पार्टीको अभ्यास गरेपछि एक दुई वर्षका पुन पार्टी एकता होता तर तत्काल एकताको सम्भावना छैन । उनका अनुसार नयाँ पार्टीका रुपमा नेपाल समूहले शेरबहादुर देउवालाई विश्वासको मत दिएर सरकारमा सहभागी हुन्छ । 

उनका अनुसार त्यो सरकारमा नेपाल समूहको नेतृत्व बामदेब गौतमले गरे भनेपनि अनौठो नमाने हुन्छ । नयाँ पार्टी गठनपछि नेपाल समूह आठओटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने पनि ती नेताले जानकारी दिए । 

सो समूहबाट मन्त्रीका हालसम्म मन्त्री नभएकाहरु लाई पठाउने बारे छलफल भएको छ । जसमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणी चौधरी, झपट रावललगायतको नाममा छलफल भएको छ ।