२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका पूर्वआयुक्त भ्रष्टाचारको मुद्दामा दोषी ठहर



अ+ अ-

काठमाडौँ । विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र रु ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको हो ।

अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र रु ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा रु ७० लाखभन्दा बढी घुस लिएको खुलासा भएपछि विवाद भएको थियो ।

उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदाललते बिहीबार दोषी ठहर गरेको छ । रासस