१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले एक सूचना प्रकाशित गरी आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएका हुन् ।

महाशाखा प्रमुख दाहालले गत पुस २२ को त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं १७६५ अनुसार पूर्वतयारी गर्न गराउन सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिइएको जानकारी दिए ।

विसं २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ देखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन । रासस