११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ४१.०२ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु १७ करोड ८३ लाख १० हजार आठ सय २२, ङादी पावर कम्पनी रु १६ करोड ९४ लाख २० हजार छ सय ७०, अपि पावर कम्पनी रु १४ करोड चार लाख ४५

हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलब ३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सात दशमलब ६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त नौ दशमलब १८, कालिका पावर कम्पनी आठ दशमलब ४८, बलेफी हाइड्रोपावर सात दशमलब ४४, स्वाभिमान लघुवित्त सात दशमलब ३१ र खप्तड लघुवित्तको शेयर मूल्य सात दशमलब ३० प्रतिशतले घटेको छ ।