• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग ★   थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु ★   सङ्खुवासभामा पहिरोले तीन घर बगायो ★   जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै ★   सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल ★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा ★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग ★   सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन: सचिव भट्टराई ★   कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा ★   गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’

नेपाल टी–२०: विराटनगर टस जितेर ब्याटिङमा



काठमाडौ । राजधानीमा जारी नेपाल टी–२० अन्तर्गत आज हुने दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्सले टस जितेर ब्याटिङ रोजेको छ ।

टियू मैदानमा हुन लागेको खेलमा जनकपुरका विरुद्ध विराटनगरले टस जितेको हो ।

११ः३० मा टस हुनु पर्नेमा जनकपुर रोयल्स मैदान आउन ढिला गरेका कारण टस ४५ मिनेट ढिला भएको छ। जनकपुर आज तेस्रो पटक लगातार मैदान आउन ढिला गरेको हो ।

जनकपुरका खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

दुवै टोलीको प्लेईङ-११

जनकपुर रोयल्स – ट्रिभान ग्रिफिथ(कप्तान),सोमपाल कामी,सन्दिप जोरा,ललित नारायण राजवंशी,पवन सर्राफ,जितेन्द्र मुखिया,खडक बोहोरा,राजेश पुलामी,चाल्टिक वाल्टन(विकेट किपर),शमिउल्लाह शिनवारी र सरफुदिन असरफ

विराटनगर सुपर किंग्स – रोहित पौडेल(कप्तान),अर्जुन साउद(विकेट किपर),नन्दन यादव,साहव आलम,अमरसिंह राउटेला,पृथु बास्कोटा,विवेकुमार यादव,हुसेन तलत,गौरान्शु शर्मा,राज नानन र किओन जोसेफ