३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

पोप र तोपको होइन इतिहासको सम्मान गरौँ

इतिहासकारले झुट्टा इतिहासहरू लेखेर पृथ्वीनारायण शाहजस्ता एक सच्चा सपूतका बारेमा अनर्गल प्रचार गरे

पोप र तोपको होइन इतिहासको सम्मान गरौँ
अ+ अ-

शासक भनेका अभिभावक हुन् सबैका कुरा सुन्नुपर्छ, जिम्मेवारी निभाउनुपर्छ, न्यायोचित विषयलाई आत्मसात् गर्नुपर्छ । राम्रा कामका लागि सबैलाई साथ र हात दिनुपर्छ ।

काखा र पाखाको राजनीति शुरू भएपछि परिवार, समाज र राष्ट्रले दुर्घटनाको मुख देख्नुपर्छ । राम्रा गुण जसमा छ, असल कुरा जहाँ छ त्यसलाई ग्रहण गर्नुपर्छ । अप्रतिभाको जन्म कुनै जात, वर्ग र कुलमा मात्र हुँदैन भन्ने तथ्यलाई हाम्रो इतिहासले प्रष्ट पारेका प्रशस्त उदाहरणहरू छन् । गोरखाले यस्तै एक तथ्यलाई उजागर गरेको छ ।

एक सामान्य परिवारमा जन्मिएका बिसे नगर्चीले राष्ट्रनिर्मातालाई ठुलो मार्गदर्शन गरेका थिए । बिसे नगर्ची गोरखादरबारनजिकै बसोबास गर्दथे । उनको परिवारले लुगा सिलाउने, बाजा बजाउनेलगायतका कामहरू गर्दथे । अहिले पनि गोरखादरबारभन्दा केही तल परियारहरूको बाक्लो बस्ती छ । बिसे दमाई नरभूपाल र पृथ्वीनारायणका बीच उमेरका थिए । नरभूपालका आँखामा परेका बिसे राष्ट्रवादी एवं तीक्ष्ण बुद्धिका थिए ।

आफ्नौ बर्कत र परिश्रमले गर्दा पृथ्वीनारायण शाहका विश्वासिलो पात्र बने । पितापुर्खादेखि नै दरबारनिकट बसाईले उनमा परिस्थितिको आकलन गर्ने क्षमता विकास भएको हुनुपर्छ ।

नुवाकोटमाथिको प्रथम हमलामा असफल भई खिन्न भएका पृथ्वीनारायणलाई बिसेले युद्धसामग्री जुटाउन जरुरी रहेको राय दिए । योद्धा कुशल भएर मात्र पुग्दैन हतियार पनि गुणात्मक चाहिन्छ । त्यसबेला गोरखामा हतियार बन्दैनथ्यो । बनारसमा गएर हातहतियारको व्यवस्था गर्ने एवं देशाटनको अनुभव लिने इच्छा पृथ्वीनारायणले गरे । बनारस विद्याका लागि मात्र होइन भारतीय राजनीति, आर्थिकलगायतका बारेमा बुझ्ने उपयुक्तस्थल पनि थियो ।

हतियार खरिद गर्न राजासँग नगद थिएन । यो अप्ठेरो अवस्थामा पृथ्वीनारायण शाह चिन्तित हुँदै बिसे नगर्चीकहाँ पुगे । बिसेले पनि आफ्नो क्षमताअनुसार सहयोग दिए र राजालाई गोरखाराज्यको १२ हजार घरधुरीबाट १/१ रूपैया उठाउने जुक्ति बताए । त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म थियो ।

बिसेका कुरा पृथ्वीनारायण शाहलाई उपयुक्त लाग्यो र सोहीअनुसार कर उठाएर काशी (बनारस) बाट हात–हतियार किनी ल्याए । दोस्रोपटक नुवाकोटमाथि हमला भयो, नुवाकोट गोरखाराज्यमा गाभियो र नेपाल एकीकरणको शुरूवात भयो । नुवाकोटमाथि भएको विजय युद्धमा बिसे दमाईले सिपाहीको भूमिका निर्वाह गरेका थिए । बिसेलाई युद्धनीतिदेखि अर्थनीतिसम्म राम्रो ज्ञान थियो ।

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्काबीचको तरूलका रूपमा चित्रित गरेका छन् । ढुङ्का कठोर हुन्छ भने तरूल कोमल, कठोरले कोमललाई सहजरूपमा फुटाउन सक्छ, अत्यन्तै यथार्थ र अर्थपूर्ण छ नेपालको सन्दर्भमा पृथ्वीनारायणको उद्गार । भौगोलिक रूपमा, जातजातिका हिसाबले, धार्मिक, आर्थिक र रीतिरिवाजले विविधता बोके पनि पृथ्वीनारायणले नेपाल र नेपालीलाई साक्षी राखी एकताको बिगुल फुकेका कारण नेपाल स्वतन्त्र राष्ट्र हुन सकेको छ ।

पृथक् संस्कृतिमा रमेका सानातिना राज्यहरूलाई, एउटै राज्यसूत्रमा आबद्ध गरी, एउटै राष्ट्रिय भाव जगाउनु र विभिन्न धर्मावलम्बीलाई सहिष्णुताको पाठ सिकाउनु सामान्य कुरा मान्न सकिन्छ । जसले यी कुराहरूलाई बुझेर पनि बुझ पचाउँछ, उसले आफ्नौलाई धोका दिइरहेको हुन्छ । जसले यो वास्तविकतालाई बुझेको हुन्छ, उसले देशको सम्पूर्ण महत्वलाई बुझेको हुन्छ, जनता र माटोलाई बुझेको हुन्छ । यसको मर्म आत्मसात् गर्न नसकेका कारण शान्ति सुरक्षा, कानुन र मर्यादा भन्ने कुरा हराइसकेको छ ।

बिसेका विचार अहिले ओझेलमा परेका छन् । उनीमाथि उनका सन्ततिले लाभ, हानिलाई ध्यान दिएर लिन थालेका छन् । राष्ट्रको मौलिक पहिचान, सुसंस्कति, रीतिरिवाज, संस्कार र परम्परा प्रभावहीन हुन पुगेको वर्तमान परि प्रेक्ष्यमा विश्वसामु राष्ट्रको अस्तित्वसँगै गौरव बढाइराख्ने अभियानमा हामी सबै तह र तप्काका नेपालीमा बोध हुनुपरेको छ ।

राष्ट्र विखण्डनको दोसाँधमा उभिएका बेला बिसेको आवश्यकता खड्किएकाे छ । कतिपय विकृति र विसङ्कतिले भित्र्याएका आर्थिक परतन्त्रताको स्थितिमा राजनैतिक स्वतन्त्रताको कुनै अर्थ रहँदैन । आ–आफ्नो स्वार्थ, सत्ता र सुविधाका लागि नैतिकता छोडेर, सिद्धान्त बेचेर, राष्ट्रलाई बन्धकी राख्ने काम कतैबाट हुनुभएन । यस विषम स्थितिमा पृथ्वीनारायण र बिसेबीचको आत्मीयतालाई चिन्तन गर्न आवश्यक छ ।

पृथ्वीनारायणले राष्ट्र निर्माणमा सबैको उत्तिकै योगदान भएकाले यसलाई सबैको साझा फूलबारी भनेका छन् । यो मन्त्रलाई बिर्सेर नेता, बुद्धिजीवी, विद्यार्थी, कर्मचारी, उद्योगपति, व्यापारी, राजनैतिक पार्टीहरू आफूलाई फाइदा नभएसम्म कसैलाई वर्ग शत्रु मान्ने र आफूलाई फाइदा हुने देखियो भने त्यसलाई वर्गमित्र ठान्ने संस्कार र संस्कतिको खेतीमा लागिरहेको देखिन्छ ।

अहिले सामाजिक, सांस्कृतिक, धार्मिक, वैचारिक विकृति र विसङ्कतिहरूद्वारा राष्ट्र विचलित बन्ने पुगेको छ । समष्टिगत रूपमा भन्नुपर्दा राष्ट्रको सन्तुलन नराम्ररी खल्बलिएको छ । यस्तो अवस्थामा मुलुकलाई पुनः स्थायी शान्तिप्रदान गरी समुन्नतिततर्फ अग्रसर गराउने, विकास निर्माणको प्रक्रियालाई सन्तुलित पारी नेपाली जनताको बिग्रँदो र खस्कँदो मनस्थितिलाई कसरी उठाउने भन्ने आजको प्रमुख सवाल रहेको छ ।

यसलाई राजनैतिक पूर्वाग्रहको चस्मा पन्छाएर स्वच्छ दृष्टिले राष्ट्रिय हितमा चिन्तन गर्ने हो भने नेपाल र नेपालीको एउटै आधार स्तम्भ राजसंस्थालाई मात्र मान्न सकिन्छ । राजाबाट मात्र बिसेजस्ता चिन्तकले स्थान पाउँछन् अनि राष्ट्रको श्रीवृद्धिमा टेवा पुग्छ । राजसंस्थाले नै इतिहासका कयौँ कालखण्डदेखि राष्ट्र र नेपाली जनतालाई अप्ठ्यारो परेको बेला, नेपालीको मन रोएको बेला, शान्त्वना दिएर राष्ट्रलाई सही बाटोतर्फ डो-याएका यथार्थहरू हामी सबैका सामु स्पष्ट छ ।

द्वन्द्वमा विभाजित हुनेहरूलाई सही बाटोमा अगाडि बढ्न प्रेरणा दिने काममा राजसंस्थाले प्रदान गरेको दिशाबोधलाई हामीले मूल्याङ्गन गर्नुपर्ने आजको टड्कारो आवश्यकता हो भन्नु अत्युक्ति नहोला । फूलबारीका मालीलाई हामीले भूल्न हुँदैन जहाँ बिसे, झागल गुरुङ, विराज बखेती सबै अटाउँछन् ।

चार वर्ण छत्तीस जातको साझा फूलबारीको बारेमा चिन्ता गर्नु, चासो राख्नु सबै नेपालीको अधिकार छ । राजा र नेपाली जनताको अनन्य बलिदानबाट निर्माण भएको देश हो यो नेपाल । निर्माण गर्नेलाई त्यसको अधिक माया हुन्छ । यो कसैले सिकाउनुपर्ने विषय नै होइन । देश समाप्त हुने हो भने नेताहरूले जोहो र चाँजोपाँजो मिलाइसकेका पनि होलान् तर नेपाली जनता र राजा नेपाल छोडेर जाने ठाउँ कहाँ ? तसर्थ देशको चिन्ता राजनीतिक पार्टीलाई मात्र छ, राजा र नेपाली जनतालाई छैन भन्नु ज्यादै अज्ञानता हो ।

राजनैतिक दलहरूले चिन्ता र चासो राख्नु अत्यन्त राम्रो कुरा पनि हो । त्यसो हो भने दलगत स्वार्थभन्दा माथि उठेर देशभक्तिको मिलनबिन्दुमा आएर आफ्नो परम्परा र राष्ट्रको हितमा लाग्नुपर्छ । देशको साँच्चै नै माया छ भने हामी सबै मिलेर देशलाई बचाउनुप-यो । यसैमा नेपालको र नेपालीको कल्याण छ । यस भावना र मर्मलाई बुझेर नै पृथ्वीनारायण शाहले एकीकरणको शत्रुद्दोष गरेका थिए । उनी सबैका साझा हुन् । यो प्रष्ट विषयलाई लुकाएर शालिक तोड्नु, अपव्याख्या पैmलाउनु नेपालीका लागि कति घातक छ प्रष्ट हुन्छ ।

युद्ध भनेको युद्ध नै हो । त्यो पनि उसबेलाको घरेलु हतियार र शारीरिक बलको युद्धहरू । युद्धमा विजय वा पराजय जे पनि हुन सक्दछ । पृथ्वीनारायणले अरूलाई आदेशमात्र नदिएर स्वयम्ले गोरखालीको नेतृत्व गर्दै भीषण युद्धहरू लडे । उनले एउटा भूरेराज्य गोरखाबाट शुभारम्भ गरेका एकीकरण अभियान थियो । आफ्ना सेनालाई कति उच्चतवरले तिखारेका रहेछन् ।

सेनाप्रति अपार माया हुनुका साथै तीप्रति ठुलो विश्वास र भरोसासमेत रहेछ । कुनै पनि वीरगति प्राप्त सैनिक परिवारले टुहुरोको महसुस गर्नु परेन । “न्याय हराए गोरखा जानु” भन्ने लोकोक्ति रहेको राजा राम शाहका नीतिलाई अङ्कीकार गरेका पृथ्वीनारायणले धार्मिक, न्यायिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक आदि हरक्षेत्रमा समदृष्टि र सुदृष्टि पु-याउन पनि भ्याएका थिए ।

उनको यो मर्मलाई बुझेर नै भोटु पाँडेले वि. सं. १८७३ मा पशुपतिनाथका प्रागंणमा पृथ्वीनारायण शाहका शालिक स्थापित गरेका थिए । वि. सं. २०२१ मा प्रस्तरकलाको पूर्णकदको शालिक सिंहदरबारको मूलढोकाअगाडि स्थापित भयो । त्यसैगरी अन्य जिल्लामा समेत निर्माण हुन थाल्यो । उनले निर्माण गरेको देशमा बसेर उनका शालिक तोड्नु वा अथक परिश्रमले जोडिएका नेपालीको सम्वन्ध खल्बल्याउन त्यस ठाउँमा अर्कोको शालिक राख्नु कस्तो विडम्बना ?

केपुचिन इसाई पादरी (धर्मगुरु) र तिनका कट्टर अनुयायीहरूले नेपालराज्य निर्माणमा बाधा गरेपछि लगभग ६२–६३ जनालाई धपाइदिएका थिए । यसको गूढ रहस्य नबुझेर बेहोस, रोश र प्रतिशोधमा अग्रज इतिहासकार विलियम ककपेट्रिक र निज प्रभृतिका अरू इतिहासकारले झुट्टा इतिहासहरू लेखेर पृथ्वीनारायण शाहजस्ता एक सच्चा सपूतका बारेमा अनर्गल प्रचार गरे, सो अत्यन्त खेदजनक छ ।

त्यतिले पनि नपुगेर राष्ट्रिय जनगणनानुसार नेपालका ९४ प्रतिशतभन्दा बढी नै जनताले परम्परादेखि मानिआएका ॐ कार (हिन्दू जैन, किरात तथा बौद्धधर्म) को देश नेपालमा छद्मभेषी स्वार्थीतत्वका स्वार्थपूर्तिका लागि धर्मनिरपेक्षता घोषणा भई त्यसैका आडमा इसाईकरण हुँदैछ । अतः इसाईले नेपालमा उहिले ‘तोप’ लगाए, तोपले नसकेर अहिले ‘पोप’ लगाउँदै छन् ।

यस्तो अवस्थामा हामीले परचक्रीलाई चिनेनौ भने अस्तित्व नै समाप्त हुन सक्छ । त्यसैले सबै एकजुट हुनुको अर्को विकल्प नभएको तथ्य पृथ्वीनारायण शाहले बताएका हुन् । इसाईले धर्मको माध्यमबाट नवउपनिवेश स्थापनाको कोशिस गरिराखेका छन् । हामीले कुलधर्म र परम्परा छोड्नु भनेको आफ्नै पुर्खा र राष्ट्रलाई धोका दिनु हो, त्यसैले सबैलाई चेतना भया ।