२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा बन्धक बनाइएका १३ जनाको उद्धार



अ+ अ-

काठमाडौँ । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । १३ मध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने भएका छन् ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको र बन्धक बनाइएको गुनासो प्राप्त भएको थियो । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव शंकरदास वैरागीलाई बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीको अवस्था बुझ्न र तत्काल रिहाई तथा उद्धारमा पहल गर्न निर्देशन दिनुभएको थियो ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुरुप मलेसियास्थित नेपाली राजदूतावासमा सम्पर्क गरी बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहल गरेको थियो । मलेसियाको पीआएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत बन्धक बनाइएका १३ नेपाली नागरिक स्वदेश फर्कने भएका हुन् ।

दूतावासको पहलमा ६ जना भोलि नै र ७ जना शुक्रबार स्वदेश फर्किने छन् ।