८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

मलेसियामा बन्धक बनाइएका १३ जनाको उद्धार

मलेसियामा बन्धक बनाइएका १३ जनाको उद्धार
अ+ अ-

काठमाडौँ । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । १३ मध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने भएका छन् ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको र बन्धक बनाइएको गुनासो प्राप्त भएको थियो । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव शंकरदास वैरागीलाई बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीको अवस्था बुझ्न र तत्काल रिहाई तथा उद्धारमा पहल गर्न निर्देशन दिनुभएको थियो ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनअनुरुप मलेसियास्थित नेपाली राजदूतावासमा सम्पर्क गरी बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्धारका लागि पहल गरेको थियो । मलेसियाको पीआएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत बन्धक बनाइएका १३ नेपाली नागरिक स्वदेश फर्कने भएका हुन् ।

दूतावासको पहलमा ६ जना भोलि नै र ७ जना शुक्रबार स्वदेश फर्किने छन् ।