२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूरै कार्यकाल एमालेले मुख्यमन्त्री पाएपछि गण्डकी माओवादी केन्द्रमा असन्तुष्टि



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा पूरै कार्यकाल नेकपा (एमाले) ले मुख्यमन्त्री पाएपछि प्रदेश माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले एमालेलाई पूर्ण कार्यकाल मुख्यमन्त्री दिने केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले गण्डकी प्रदेशको सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आउनुभएको थियो । सत्ता साझेदरा दलबीच भएको प्रदेश भागबन्डामा गण्डकीको मुख्यमन्त्री पूरै कार्यकाल एमालेको भागमा परेको छ । सहमतिअनुसार सभामुख माओवादीले पाउने छ भने उपसभामुख एमालैको भागमा परेको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने समयसीमा आज अन्तिम दिन हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई दलको समर्थनमा बहमुत जुटाउन सक्ने प्रदेशभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आजसम्मको समय दिनुभएको छ ।

केन्द्रले मुख्यमन्त्री एमालेलाई दिएको मिडियामा आएको भए पनि निर्णय भने अझै नपठाइसकेको भन्दै नेता चुमानले केन्द्रको निर्णय नआई सरकारमा कसरी जाने भनी प्रश्न गर्नुभयो ।

केन्द्रले एमालेलाई मुख्यमन्त्री बनाउने सहमति गरेपछि एमाले संसदीय दलका नेता खगराज अधिकारी पूरै कार्यकाल मुख्यमन्त्री बन्दै हुनुहुन्छ । गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बन्दै हुनुहुन्छ । ६१ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ र नेकपा (एकीकृत समाजवादी) का दुई प्रदेशसभा सदस्य हुनुहुन्छ ।