४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धन बीच प्रदेश सरकारको बाँडफाँड टुगियो



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ ।

आइतबार साँझ बालुवाटारमा भएको छलफलमा सत्तारुढ गठबन्धन बीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको हो । दलहरु बिच भएको सहमति अनुसार गण्डकी र लुम्बिनीमा र प्रदेश १मा एमाले, कर्णालीमा माओवादी,वागमती , सुदूरपश्चिममा एमाले र माओवादीको आलोपालो र मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमति भएको छ ।

यसैगरी सभामुखमा मधेश, कर्णाली एमालेलाई सुदूरपश्चिम माओवादीलाई बाग्मती राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने सहमति भएको छ ।

यसैगरी उपसभामुखमा प्रदेश १ र गण्डकीमा एमाले बागमती र कर्णालीमा माओवादी ,लुम्बिनीमा राप्रपा मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई दिने प्रस्ताब गरिएको जनाईएको छ ।