• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रश्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको बताउनु भयो ।

उहाँले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्युनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको बताउनु भयो । साथै बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो संसदीय दलको बैठक सिंहदरबारमा बस्यो । हामीले विशेष गरी सरकारले प्रश्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रम हाम्रो छलफल भयो । पार्टीका तर्फबाट महामन्त्री मुकुल ढकाल जो न्युनतम साझा कार्यक्रमको समितिमा सदस्य हुनुहुन्थ्यो । त्यसमा बनाउँदा के भयो भन्ने छलफल भयो ।

हाम्रा मुद्दा स्थापित भएका छन् त्यसको बारेमा छलफल भयो, गृह जिल्लामा सांसदहरुको अवस्था जनताको के छ भन्ने बारेमा छलफल भयो । भोलि १० बजे पुनः संसदीय दलको बैठक बस्नेछ । सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने कुरा भयो ।’

सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमवार बिहान १० बजे पुनः बस्ने बताउनु भयो ।