२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने इन्पेक्टरमाथि छानबिन सुरू



अ+ अ-

काठमाडौँ । काठमाडौँको शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि छानबिन थालिएको छ ।

प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पुस २० गते बुधबार शंखरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा नेपाल विद्युत प्राधिकरणले सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । त्‍यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको थियो ।

त्यसक्रममा बुढाथोकीले गैर व्यवसायिक काम गरेको भन्दै उनलाई परिसर झिकाएको हो । उनले भीड नियन्त्रण गर्न स्थानीयमाथि पेस्तोल ताकेर ‘हान्दिने’ धम्की समेत दिएका थिए ।