• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु



फाईल फोटो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पुस २६ गते सरकारलाई विश्वासको मत दिनुपर्ने परिस्थितिका माझ सो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।

काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा आईतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकमा पार्टीको संगठन सुदृढिकरण र विस्तारको कामलाई पनि अघि बढाउने विषयमा छलफल हुने एजेण्डा तय गरिएको छ । नेता सोनलले भन्नु भयो, ‘हामी हाम्रो संगठन केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तह समेतमा कसरी विस्तार र सुदृढ गर्ने त्यस सम्बन्धमा यो बैठक केन्द्रित हुन्छ । र, समसामयिक राजनीतिकको सन्दर्भमा पनि बैठकमा छलफल हुन्छ । नेपाली काँग्रेस लगायतका जुन पाँच दलीय गठबन्धन थियो ।’

‘त्यही गठबन्धनमा हामी चुनाव लड्यौं । अव अर्को गठबन्धनमा सरकार बनेको छ । हामीले के गर्ने, कुन दिशा लिने ? नेपाली काँग्रेससँग हाम्रो सम्बन्ध के रहने, वर्तमान सरकारसँग हाम्रो सम्बन्ध कसरी रहने लगायतका जो विषय छ । हामीले उठान गरेको माग, मुद्दाको सन्दर्भमा छ । नागरिकता विधेयकको विषय छ । यी सबै समसामयिक राजनीतिक मुद्दा भित्र पर्दछ । ती सबै विषयमा हामी छलफल गर्छौं ।’

नयाँ सरकारमा पार्टीको सहभागित हुने, नहुनेबारे, नागरिकता विधेयकलाई अघि बढाउने बारे र जेलमा रहेका पार्टीका नेता, कार्यकर्तालाई रिहाई गर्न सरकारलाई दवाव दिने विषयमा पनि छलफल हुने जसपाले जनाएको छ ।