१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी भनेर स्पिरिट खाँदा सिरहामा एक छात्राको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौँ । पानी भनेर स्पिरिट खाँदा सिरहाको मिर्चैया नगरपालिका–६ मा एक छात्राको मृत्यु भएको छ । सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको स्पिरिट सेवनले मृत्यु भएको हो ।

सिरहा नगरपालिका–११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको शनिबार राति साढे १० बजे कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो । शुक्रबार विद्यालय गएकी सिर्जनाकुमारी पेट दुखेपछि सिटामोल खान पानी सोचेर स्पिरिट खाँदा बिरामी परेकी थिइन् । तत्कालै उनलाई उपचारका लागि फुलकुमारी अस्पताल लगिएको थियो ।

सिर्जनाकुमारीलाई पानी सोचेर शिक्षिकाले स्पिरिट दिएको भन्दै उनको परिवार, विद्यार्थी र स्थानीयबासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रहरीले स्पिरिट दिने शिक्षिकालाई नियन्त्रण्मा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

आन्दोलनकारीहरुले भने शिक्षिकालाई कारबाहीको माग गरिरहेका छन् । विद्यार्थीहरुले विरोधमा सडकमा टायर बालेका छन् । उनीहरुले विद्यालयमा ढुंगामुढासमेत गरेका छन् ।