काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गर्नुभएको हो ।
उक्त कार्यक्रमको ब्यानरमा एक महिना अघिको मिति राखिएको छ । ब्यानरको मितिमा २०७८ असार ४ गते लेखिएको छ । तर आज साउनको ४ गते हो ।
कार्यक्रम आयोजना गर्दा यस्तो सानो कुरा भनेर ध्यान नदिएको देखिन्छ । तर प्रधानमन्त्री तथा उच्च पदस्थहरु उपस्थित भएको कार्यक्रममा यस्तो एक महिना अघिको मिति राख्नु शोभनीय भने पक्कै हुँदैन ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभएको थियो । अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने जानकारी दिनुभयो ।









