१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.73

Wind: 1.03

Humidity: 49

Latest
हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा सभ्यतागत दृष्टिले समेत महत्त्वपूर्ण मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ किसानलाई सहुलियतमा मकैको बीउ उपलब्ध जलविद्युत् आयोजनाले मुआब्जा नदिएको जग्गाधनीको गुनासो सांसद ज्ञानेन्द्रको आक्रोश: विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो? आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठक सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छः मास्टर सेफ साह



अ+ अ-

काठमाडौँ । चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले शनिबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उनले नेपाली परिकारको प्रवद्र्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताए ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रष्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट मेनुलाई विशेष कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालालाई बोलाएर विद्यार्थी सेफले पस्केको खानो प्रवर्द्धन गरिनेछ ।

आतिथ्य पर्यटन हस्पिटालिटी टुरिजमका विद्यार्थीमार्फत् नेपाली परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’ आयोजना गरिएको हो ।

प्रतियोगितामा पाटामा आबद्ध होटल व्यवस्थापनसम्बन्धी शैक्षिक संस्थाबाट विभिन्न पाँच कलेजका १० जना सेफ विद्यार्थी प्रतियोगि सहभागी थिए । प्रतियोगितामा ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेज प्रथम भएको छ भने नाथम द्वितीय र इटहरीको प्रिमियर होटेल स्कुल तृतीय भएका छन् ।

पाटाको ‘युथ ट्यालेन्ट क्वेस्ट’को पाँचौँ संस्करणअन्तर्गत भएको सेफ प्रतियोगिताको मास्टर सेफ सन्तोष साह, सेफ जितेन प्रधान र सेफ जितेन हुमागाईँ निर्णायक मण्डलले सहभागी विद्यार्थीका पाक कला र दक्षता मूल्याङ्कन गरेका थिए ।

पाटा नेपालले हरेक वर्ष युथ ट्यालेन्ट क्वेस्ट आयोजना गर्दै आएको छ । यसमा मुख्य पाँच प्रतियोगिता हुन्छन् । सेफ प्रतियोगिता, ‘पब्लिक स्पिकिङ’ फुटसल, ‘कन्टेन्ट राइटिङ’ प्रतियोगिता हुने पाटा नेपालले जनाएको छ ।