१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छः मास्टर सेफ साह

व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्छः मास्टर सेफ साह
अ अ+ अ-

काठमाडौँ । चर्चित बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले शनिबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा आयोजना गरेको ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’मा बोल्दै उनले नेपाली परिकारको प्रवद्र्धन तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षण गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनले युवा विद्यार्थीले प्रदर्शन गरेको पाक कला, रचनात्मक शैली र नवीन विचारबाट आफू प्रभावित भएको बताए ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले हस्पिटालिटी विषयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रष्फुटनका साथै नेपाली खानाको स्वादलाई आकर्षक ढङ्गले प्रस्तुति गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले हस्पिटालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत् प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट मेनुलाई विशेष कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालालाई बोलाएर विद्यार्थी सेफले पस्केको खानो प्रवर्द्धन गरिनेछ ।

आतिथ्य पर्यटन हस्पिटालिटी टुरिजमका विद्यार्थीमार्फत् नेपाली परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘पाटा युवा पर्यटन प्रोफेशनल सेफ प्रतियोगिता’ आयोजना गरिएको हो ।

प्रतियोगितामा पाटामा आबद्ध होटल व्यवस्थापनसम्बन्धी शैक्षिक संस्थाबाट विभिन्न पाँच कलेजका १० जना सेफ विद्यार्थी प्रतियोगि सहभागी थिए । प्रतियोगितामा ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेज प्रथम भएको छ भने नाथम द्वितीय र इटहरीको प्रिमियर होटेल स्कुल तृतीय भएका छन् ।

पाटाको ‘युथ ट्यालेन्ट क्वेस्ट’को पाँचौँ संस्करणअन्तर्गत भएको सेफ प्रतियोगिताको मास्टर सेफ सन्तोष साह, सेफ जितेन प्रधान र सेफ जितेन हुमागाईँ निर्णायक मण्डलले सहभागी विद्यार्थीका पाक कला र दक्षता मूल्याङ्कन गरेका थिए ।

पाटा नेपालले हरेक वर्ष युथ ट्यालेन्ट क्वेस्ट आयोजना गर्दै आएको छ । यसमा मुख्य पाँच प्रतियोगिता हुन्छन् । सेफ प्रतियोगिता, ‘पब्लिक स्पिकिङ’ फुटसल, ‘कन्टेन्ट राइटिङ’ प्रतियोगिता हुने पाटा नेपालले जनाएको छ ।