२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौर हत्याकाण्ड: प्रचण्ड र उपेन्द्रलाई सचेत गराउनु पर्ने मानव अधिकार आयोगको ठहर-प्रतिवेदन सहित



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिल भएको हिंसात्मक घटनाको बारेमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनाधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवलाई सचेत गराउनु पर्ने जनाएको छ ।

न्युजपोलारलाई प्राप्त आयोगले तयार पारेको प्रतिवेदनमा दुबै दलका नेताले हिंसा रोक्न कुनै पहल नगरेको उल्लेख गरिएको छ । आयोगको प्रतिबेदनमा भनिएको छ आगामी दिनमा यस्ता क्रुर अमानविय घटना हुन नदिन सार्वजनिक प्रतिवद्धता व्यक्त गर्नुपर्ने उल्लेख गरिएको छ ।

तत्कालीन मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

सोही झडपमा कैयौ घाईते भएका थिए । यो घटनालाई ‘गौर हत्याकाण्ड’का रुपमा चिनिने गरिन्छ ।

प्रतिबेदनको पूर्णपाठ