१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी

प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी
अ अ+ अ-

सहजपुर । विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन् । नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका छन् । नेपालका पूर्वीक्षेत्रमा प्रविधिको अधिकतम प्रयोग गरी मानिसले आर्थिक कारोबारहरू गरिरहेका छन् । तर सुदूरपश्चिममा भने प्रविधिको खासै प्रयोग भएको देखिँदैन ।

सुदूरपश्चिमका सात जिल्ला पहाडी क्षेत्रमा पर्दछन् । त्यहाँ प्रविधिका बारेमा अझै जानकारी नभएकाले पनि हुन सक्दछ, सुदूरपश्चिम प्रविधिको मामिलामा कमजोर छ । प्रविधिमा कमजोर सुदूरपश्चिममा कृषिमा प्रविधि जोडिएको छ भन्ने सुन्दा भने पत्यार नलाग्न सक्छ । हुन पनि हो, भौतिक पूर्वाधार निर्माण होस् या अन्य कार्यमा यहाँका मानिस स्वयं खटिन्छन्, प्रविधिको प्रयोग गर्दैनन् भने कृषिमा प्रविधि प्रयोग गर्ने त कुरा नै आउँदैन । तर कृषिमा प्रविधि जोडेर सुदूरपश्चिमकै एक किसानले करोडाँै खेलाइरहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का रबिनकान्त पन्तले अहिले कृषिबाटै करोडाँैको कारोबार गरिरहनुभएको छ । उहाँले प्रविधिको भरपुर प्रयोग गरेर कृषि कार्य गरी वार्षिक करोडौँको कारोबार गरिरहनुभएको छ । प्रविधिमैत्री कृषि बनाउन भने उहाँले लगानी पनि करोडाँै गर्नुभएको छ । उहाँले तीन ठाउँमा विभिन्न फार्म सञ्चालन गरिरहनुभएको छ, जसमा उहाँले करिब ४० करोड लगानी गर्नुभएको छ । त्यसमध्ये उहाँले करिब १४ करोड जति बैंकबाट ऋण लिएको र बाँकी आफ्नै रहेको बताउनुभएको छ । कैलालीकै गोदावरी नगरपालिका–१ बिजौरामा पाँच बिघा जमिनमा उहाँले कृषि काम गर्दै आउनुभएको छ ।

त्यसैगरी फूलबारीमा फार्म हाउस एग्रो भनेर २३ बिघामा कृषि काम गरिरहेको र खप्तड डेरी इन्डष्ट्रिज पनि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । बिजौरामा दुई बिघा जमिनमा उहाँले माछापालन गर्नुभएको छ । यहाँ प्रविधिको उच्चतम प्रयोग गरिएको छ । माछाको संरक्षण र स्टोरका लागि पनि उहाँले प्रविधिको प्रयोग गर्नुभएको छ । स्नातकसम्म कमर्स र त्यसपछि समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका पन्तले बिजौरामा करिब १० लाख माछाका भूरा राख्ने गरी माछापोखरी बनाएको बताउनुभयो । त्यो पोखरीका माछालाई स्टोर गर्नका लागि दुईवटा फाइबरको ट्याङ्क पनि निर्माण गरेको उहाँले बताउनुभयो । पन्तले आवश्यक परेका बेला किसानलाई र ग्राहकलाई सहजै माछा उपलब्ध गराउने उद्देश्यले उक्त ट्याङ्क निर्माण गरेको बताउनुभएको छ ।

उहाँले माछापालन गर्ने ठूला व्यापारीहरू नभएकाले र बजारको प्रचुर सम्भावना भएकाले माछापालनलाई बढी महत्त्व दिएको बताउनुभयो । “माछाको उत्पादन र बजारमा ठूलो खाडल छ, यो क्षेत्रमा माछाको ठूलो व्यापारी पनि छैनन्”, उहाँले भन्नुभयो, “माछामा बजारको सम्भावना पनि प्रचुर छ, कैलाली र कञ्चनपुरले प्रदेशका सबै जिल्ला भ्याउनुपर्ने हुन्छ, त्यसैले यसैलाई रोजेको हुँ ।” उहाँले सिजनमा माछाको अभाव हुने र सिन्डिकेट लाग्ने भएकाले प्रविधिको प्रयोग गरेको बताउनुभयो । उहाँले माछापालनमा आवश्यक विद्युत्लाई सोलार प्रविधिबाट चलाउनुभएको छ । सोलारबाट चल्ने अटोमेटिक बोरिङ, लाइटलगायतका वस्तुहरु उहाँले उक्त कृषि फर्ममा जडान गर्नुभएको छ । प्रविधिको प्रयोगले कृषि कार्यमा सहजता र सहुलियत प्रदान गर्ने उहाँको विश्वास छ ।

लामो समयदेखि विभिन्न परियोजनामा कृषिसम्बन्धी काम गरेको अनुभवले गर्दा कृषि काम गर्ने उत्प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । “धेरै ठाउँमा कृषिसम्बन्धी काम गरेँ, त्यसबाट अनुभव प्राप्त गरेपछि अरूमा काम गर्नुभन्दा आफैँले किन सुरुआत नगर्ने भनेर कृषिमा हात हालेको हुँ”, उहाँले भन्नुभयो, “अहिले फूलबारीमा फार्महाउस एग्रो भनेर २३ बिघामा कृषि काम गरिरहेको छु भने यहाँ पाँच बिघा जमिनमा कृषि काम गरिरहेको छु ।” करिब १५ वर्षदेखि कृषि कार्य गर्दै आउनुभएका पन्तले कृषिमा डेरी सञ्चालन गर्ने, कृषि प्रविधि, कृषि बजारीकरण गर्ने मात्रै नभई कुखुरा, माछा तथा गाईपालन पनि गर्दै आउनुभएको छ ।

कृषिमा प्रविधि जोड्न भने विभिन्न देशको भ्रमण, गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव र अध्ययनले सिकाएको उहाँले बताउनुभयो । उहाँले पानीको प्रेसर बढाउन घरमै प्रेसर सिस्टम जडान गर्नुभएको छ भने माछाका लागि जमिनको सतहबाट अक्सिजन दिन सक्ने मेसिन जडान गर्नुभएको छ । त्यसका साथै माटोबिना घाँस उमार्न सकिने हाइड्रोफोनिक ग्रास फुडरको प्रविधि जडानको पनि उहाँले तयारी थाल्नुभएको छ । कृषिलाई प्रविधिसँग जोडे उत्पादनमा पनि वृद्धि हुने र कार्य गर्नमा पनि सहजता मिल्ने उहाँको भनाइ छ ।

कृषि कार्यबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी मानिसलाई रोजगारी दिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार उहाँको सबै फार्महा प्रत्यक्षरूपमा एक सय १५ जनाले कर्मचारीका रूपमा काम गरिरहेका छन् । उहाँले अप्रत्यक्षरूपमा किसानहरुलाई पनि जोड्दा रोजगारी पाउने मानिसको सङ्ख्या बढी हुने बताउनुभयो । उहाँका अनुसार बैंकको ऋण तिर्ने र कर्मचारीलाई सेवासुविधा दिने काम फार्महरुको उत्पादनबाट भइरहेको छ ।

करोडौँको कृषि काम गरिरहे पनि सरकारी निकायबाट भने अनुदान नपाएको उहाँले गुनासो गर्नुभयो । “मैले कृषिमा करोडाँै लगानी गरेको छु, तर अहिलेसम्म चानचुन रु पाँच लाख जति अनुदान पाएको छु”, उहाँले भन्नुभयो । उहाँले सरकारले अनुदानलाई अन्तिम उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सरकारले प्रस्ताव लेखेको कारणले नभई कृषकहरूले उत्पादन गरेको वस्तुका आधारमा अनुदान दिनुपर्दछ । त्यसो गरे कृषि काम गर्ने सबै कृषकले सरकारको सहयोग पाउने उहाँको भनाइ छ । उहाँले युवाहरु काम नभएर बाहिर जाने कुरा व्यर्थ भएको पनि बताउनुभयो । राजकुमार साउद/रासस