• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाह पक्राउ



काठमाडौँ । प्रहरीले अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिइएको छ ।

पक्राउ पर्नेमा शाहसहित अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । विजयविक्रम पृथ्वी शाहका भाई हुन् ।