• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

त्रिपन्न खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप



काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ ।

पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ ।