१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

क्रिकेट मैदान निर्माण अलपत्र

क्रिकेट मैदान निर्माण अलपत्र
अ अ+ अ-

महेन्द्रनगर । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ ।

अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।

क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर केशवप्रसाद जोशीले ठेक्कामार्फत क्रिकेट मैदानमा पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको बताउनुभयो । “त्यसपछि सोही आवमा रु ३३ लाखको माटो भरान उपभोक्ता समितिमार्फत पनि भयो”, इञ्जिनीयर जोशीले भन्नुभयो, “कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउनमा ठाउँको पहि समस्या रह्यो ।”

दुई वर्षअघि रु एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ ।

“क्रिकेट मैदान बनाउने ठाउँमा माछापोखरी विगतमा बनेकाले पोखरी भरानमै अनावश्यक खर्च भयो”, क्रिकेटका एक खेलाडीले भन्नुभयो, “माटो भरानमा लाखौँ खर्च भए पनि यहाँ निर्माण अघि बढाउन सरोकारवाला निकायको चासो देखिँदैन ।” उहाँले विगत लामो समयदेखि राष्ट्रिय टोलीमा कञ्चनपुरका खेलाडी पर्दै आए पनि गृह जिल्लामा क्रिकेट मैदान बनाउने विषयमा भने यहाँ बेवास्ता हुँदै आएको दुखेसो पोख्नुभयो ।

त्यसैगरी कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र चन्दले निर्माणाधीन क्रिकेट मैदानको काम अहिले रोकिएको बताउनुभयो । “क्रिकेटका लागि मैदानलगायत संरचना बनाउने राष्ट्रिय खेलकुद परिषद्को आयोजना रहे पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “गत वर्षयता निर्माण कार्य अलपत्रजस्तै भएको छ ।”

अध्यक्ष चन्दले गत वर्ष पनि रु ७५ लाख निर्माणका लागि बजेट आए पनि काम हुन नसक्दा रकम फ्रिज भएको बताउनुभयो । “चालु आवमा पनि रु ५० लाख रकम क्रिकेट मैदानका लागि विनियोजन भएको भन्ने छ”, उहाँले भन्नुभयो, “त्यो रकम आएपछि निर्माण प्रक्रिया अघि बढाउने छौँ ।” उहाँले माथिल्लो निकायबाट पुग्ने गरी बजेट विनियोजन गरेर निर्माणमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम क्षेत्रीय खेलकुदमार्फत हुँदै आएको बताउनुभयो । “अहिले निर्माणको काम अधुरो अवस्थामा छ”, उहाँले भन्नुभयो, “यो वर्ष यहाँ बहुउद्देश्यीय कभर्डहल निर्माणमा समेत प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले यहाँ बहुउद्देश्यीय कभर्डहल बनाउन चालु आर्थिक वर्षमा रु आठ करोड रकम विनियोजन गरेको खेलकुद विकास समितिले जनाएको छ । “बहुउद्देश्यीय कभर्डहलको कूल लागत अनुमान रु २७ करोडको हो”, भट्टले भन्नुभयो, “चालु आवमा बजेट विनियोजन भएकाले नयाँ प्रदेश सरकार आएपछि उक्त काम अघि बढ्छ होला ।”