काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज अपरान्ह ३ बजे तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो।
हिजो (सोमबार) पनि बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्।
वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए।








