११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला

हाम्रा गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछः रघुजी पन्त

हाम्रा गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछः रघुजी पन्त
अ अ+ अ-

काठमाडौ । नेकपा एमालेका नेता तथा माधव नेपाल समूहका प्रभावशाली सदस्य रघुजी पन्तले अध्यक्ष केपी ओलीले मनदेखि नै एकता नचाहेको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुकमा एक सन्देश राख्दै पन्तले मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गर्न आग्रह गर्नुभएको छ । उहाँले सबैलाई संयममित र जिम्मेबार बन्न आग्रह समेत गर्नुभएको छ ।  

पन्तले लेख्नुभएको छ चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूध्द नारा लाएर , उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? सामाजिक संञ्जालमा पन्तले लेख्नु भएको छ –  चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरूध्द नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने ,गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र ब्यवहार किन  र केका लागि ? 

मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार व्यवहार गरौं । सबै संयमित र जिम्मेवार  बनौं । सर्वोच्च अदालतको फैसला विरूध्द नारा जुलुश गर्ने र प्रधान न्यायाधीश विरूध्द नारा लगाउंदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी  ओली , न्याय, कानून र संसदीय व्यवस्था मन्त्री भैसकेका र कानून व्यसायी समेत रहिसकेका सुवास नेम्बाङ रअग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका ? आफ्ना युवा कार्यकर्तालाई राम्रो  संस्कार र संस्क्रिति सिकाउनु  पो राम्रो होला ।

अहिले सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा (एमाले) को मान, नेतृत्वको योग्यता , क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ । यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु । हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन