१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

थारु र मगर बस्तीमा माघेसङ्क्रान्तिको चहलपहल

थारु र मगर बस्तीमा माघेसङ्क्रान्तिको चहलपहल
अ अ+ अ-

महोत्तरी । मधेसमा माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो । महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ र ‘मकर सक्रायत’ पनि भनिन्छ । यसपालि यो पर्व अब १० दिनपछि पर्दैछ ।

यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो भइरहेको छ । पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा केही दिन पहिलेदेखि नै यसको जोहोको तयारी बढेको हो । हुनेखानेले तत्काल पर्व सामग्रीको बन्दोबस्त गरे पनि गरिब किसानका लागि केही दिन पहिलेदेखि नै तयारीले तताउने गर्छ । अहिले बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारु बस्ती भने पर्वको चहलपहलमा लागिसकेका छन् ।

छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकी इष्टमित्र पर्वमा डाकिने थारु जातिको परम्परा छ । ‘अब पवनी (पर्व) आई त हाल्यो’ धमाधम चिउराका लागि धान निफन्न व्यस्त भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिनासिंह थारु भन्नुहुन्छ, “सबै कुराको जोगार (जोहो) मा लाग्नु प¥यो नि ।” पर्व नजिकिएसँगै थारु बस्तीका घरघरैजसो सरदाम ९पर्वका लागि आवश्यक वस्तु० जुटाउने चटारो बढेको नगिना बताउनुहुन्छ ।

त्यसैगरी जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगर समुदायमा पनि माघेसङ्क्रान्ति पर्वको तयारी बढेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ ।

यसैगरी बर्दिबासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारु बसोबासको बाहुल्यता छ । पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएका घर फर्किन थालेका छन् । जिल्लामा भङ्गाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिबासको मेघरोल र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुरमा थारु बसोबासका बस्ती हुन् ।

थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ । पर्व नजिकिँदै गर्दा बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ । यो पर्वमा खास महत्वको मानिने तिल, सख्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जमेका छन् । पर्वका लागि केही दिन पहिलेदेखि नै तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा मिसाइलाई (लड्डु) बनाउने परम्परा छ । यसमा सबैभन्दा बढी तयारी तीलको लाईका लागि गरिन्छ ।

“चिउरा, मुरी र जुनेलो त एकसरो भुटेर मिठ्ठामा मोलेर लाई बनाए भयो, तर तील त झञ्झटिलो छ”, गौशालाको निगौल बस्तीकी रासवती थारु भन्नुहुन्छ, “तील त एक साता पहिले नै केलाउने, भिजाएर फल्ने (बाहिरी कालो बोक्रा निकाल्ने) सुकाउने काम सकेपछि मात्र लाई बन्न सक्छ ।”

तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, ख्वाउने मैथिल परम्परा छ । यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो । अहिले तील र सख्खरको राम्रो मूल्य पाउने आशमा उखु किसान धमाधम सख्खर बनाएर बजार पु¥याउन व्यस्त छन् ।

त्यसैगरी तिल उत्पादक किसानको पनि उत्पादित तिल बजार पु¥याउने व्यस्तता छ । चिउरा र मुरीका बजार भने पुस २५ पछि जम्नेछन् । त्यसैगरी पर्वमा खाइने कन्दमूल (पिँडालु, तरुल र सुठुनी) को बजार पुस मसान्तताका जम्ने किसान बताउँछन् ।

तिलासक्रायत पर्व नजिकिँदा सर्वसाधारण उपभोक्ता बढी मूल्यमा पर्ने भए पनि महोत्तरीका तील र उखु किसानले भने थोरै राहत महसुस गरेका छन् । जग्गामा तील थोरै उत्पादन हुनेहुँदा अहिले पाएको मूल्यले अन्यबालीसरह रकम प्राप्त हुनुले केही सन्तोष दिलाएको तिल उत्पादक किसान बताउँछन् । एकदशक पहिलेसम्म एक सय हेक्टरसम्म क्षेत्रफलमा हुँदै आएको तिल खेती त्यसयता घट्दै गएर अब त कसैकसैले थोरै पाखो बारीमा मात्र लगाउने स्थितिमा पुगेको छ ।

त्यसैगरी चिनी उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक गर्जो टार्न सकस परेको बताउने उखु किसान पर्वलाई लक्षित गरी घरघरै उखु पेलेर मिठ्ठा ९सख्खर० बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सख्खर)को माग र मूल्य दुवै बढ्दा केही राहत भएको बताउँछन् ।

पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहित छोरी/चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलनले यी सामग्रीको जोहो अहिले मिथिलामा बढेको हो । आफ्नो घर र सनेस पठाउनसमेत पर्व सामग्री चाहिनेहुँदा यो पर्वको तयारीमा केही दिन पहिलेदेखि नै लाग्नुपरेको भङ्गाहा–४ थारुटोल बनराकी ७० वर्षीया रामसुनरदेवी थारु बताउनुहुन्छ । रासस