१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

१६ करोडको विद्युत बक्यौता तिर्न युनाइटेड सिमेन्टलाई अदालतको आदेश

१६ करोडको विद्युत बक्यौता तिर्न युनाइटेड सिमेन्टलाई अदालतको आदेश
युनाइटेड सिमेन्ट उद्योग
अ अ+ अ-

धादिङ । धादिङको धुनीवेँसी नगरपालिका- ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्योगलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रूपैंया विद्युत बक्यौता तिर्न जिल्ला अदालत धादिङले आदेशसहितको फैसला सुनाएको छ ।

न्यायधीश स्वीकृति पराजुलीको इजलासले विद्युत खपत गरेबापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न युनाइटेड सिमेन्टलाई आदेश दिएको हो ।

युनाइटेड सिमेन्ट उद्योगलाई अदालतले ठहर गरेको महशुलमा २५ प्रतिशत थप जरिबाना लाग्ने विद्युत प्राधिकरण धादिङले बताएको छ। थप जरिबानासहित युनाइटेड सिमेन्टले प्राधिकरणलाई बुझाउनुपर्ने रकम २० करोड २४ लाख २७ हजार तीन सय ७४ रूपैयाँ पुगेको छ ।

२०७३ भदौदेखि २०७५ चैतसम्म ट्रंक लाइन तथा डेडिकेटेड महसुल चुक्ता गर्न प्राधिकरणले ताकेता दिईरहेपनि यूनाईटेडले छुटको दाबी गरिरहेको थियो । उद्योगले २०७६ पुस ८ गते बक्यौता महशुल छुट दाबीको मागसहित धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।सोहि मुद्दा सोमबार फैसला गर्दै धादिङ अदालतले युनाइटेड सिमेन्टले बक्यौता महसुल तिर्नुपर्ने ठहर गरेको हो ।

लोडसेडिङको बेला ट्रंक लाइनबाट जोडिएको विद्युत महसुल छुट पाउनुपर्ने भन्दै उद्योगले अदालतसमक्ष माग गरेको थियो ।