२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त प्रकरणः कञ्चनपुर पुग्यो अनुसन्धान टोली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको छ । अनुसन्धान टोलीका संयोजक डीआईजी दुर्गा सिंह कञ्चनपुर पुगेकाी छन् भन् अन्य सदस्य कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्रीमा नियुत्त, भएसँगै आफ्नो पहिलो निर्णयमा नै रवि लामिछानेले पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेकै निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।

समितिमा सिंहसँगै सीआईबीकै एसपी कमल थापा, इन्सपेक्टर हिरेन्द्र रोकाय र दुई जना मनोचिकित्सक छन् । २०७५ साउन ९ गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन् । उनको बलात्कार गरी हत्या गरिएको अनुसन्धानबाट खुले पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।