• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव नेपाल सिंहदरबारमा



फाईल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार दुवै नेताबीच छलफल भइरहेको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताका बारेमा कुनै निर्णय गर्न सकेको छैन । सरकारबाट सहभागितका लागि औपचारिकरुपमा कुनै प्रस्ताव नआएको सो पार्टीले बताउँदै आएको छ ।

अध्यक्ष नेपालले आज मात्रै प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए दिइसक्ने बताउनुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते विश्वासको मत दिन सरकारको काम हेरेर निर्णय लिइने बताउनुभएको थियो ।